मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    सहकारीको रजत महोत्सवमा सरसफाई कार्यक्रम

    सोमबार, ११ चैत्र २०७५, सुमन लम्साल .

    कावासोती नवलपुर , १० चैत

    सुम्निमा ग्रामिण बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । संस्थाको मुख्य कार्यलय गौडाकोट र सेबा केन्द्र कावासोतिमा गरि दुई ठाउँमा एकसाथ सरसफाई कार्यक्रम गरेको हो ।

    रजत महोत्सवको अबसरमा सप्ताहब्यापि कार्यक्रम अन्तर्गत सफाइलाई मह्तोको साथमा राखी शहर सरसफाई कार्यक्रम राखिएको उपाध्यक्ष बेद प्रसाद न्यौपानेले बताउनुभयो ।अभियन्ता सुधन लम्सालले आउंदो विश्व सरसफाई दिवसलाई सहयोग र बजार सरसफाई गरेकोमा धन्यवाद दिंदै साथमा आगामी दिनमा पनि यस्तो काममा जोडिन अनुरोध गर्नुभयो ।

    यस कार्यक्रममा शय भन्दा बढी शेयर सदस्यहरु अन्य नवलपरासी र नवलपुरको  सरसफाई अभियान्ताहरु समेत उल्लेखनीय  सहभागी भएको  थियो । सफाइ कार्यक्रम अन्तर्गत कावासोती बाजार सरसफाई कार्यक्रम भएको  अभियान्ता एल. एन. दवाडीले जानकारी दिनुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast