मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    विप्लवका गतिविधि चैत महिनाभित्र निमिट्यान्नै हुन्छ : प्रम ओली

    सोमबार, ११ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ११ चैत

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् ।

    प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गरेका छन् । नत्र चैतभित्रमा नियन्त्रणमा लिइने उनको जिकिर छ ।

    चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारेका छन् ।

    सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast