मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    निर्मला हत्या प्रकरण : निलम्बित डीएसपी अंगुर जिसी अदालतमा

    सोमबार, ११ चैत्र २०७५, आहाखबर

    कञ्चनपुर, ११ चैत ।

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन् । जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन् ।  सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका  आरोप छन् । जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् । 

    तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, तत्कालीन प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, निलम्बित सई हरिसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउद  पहिले नै अदालतमा उपस्थित भएका थिए ।  

    बयानपिछ उनीहरू सातै जना धरौटीमा रिहा भइसकेका छन् ।  फागुन २६ गते ३५ दिने । फरार रहेका डिएसपी जिसी अदालतले म्याद जारी गरेको १६ औं दिनमा अदालतमा उपस्थित भएका हुन् । 

    अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज  विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो । आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट मंगलबार अदालतमा उपिस्थत भए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast