मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    ‘अमेरिकाले उपलब्ध गराउने सर्तसहितको सहयोग स्वीकार नगर्नुस्’

    आईतवार, १० चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १० चैत :

    नेपाल मजदूर किसान पार्टीले अमेरिकाले उपलब्ध गराउने भनेको सर्तसहितको सहयोगलाई स्वीकार नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

    उक्त पार्टीका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा सर्त राखेर सहयोग उपलब्ध गराउनु भनेको नेपालको आन्तरिक तथा परराष्ट्र मामिलामाथि हस्तक्षेप भएको हुँदा सर्तसहितको सहयोगको विरोध गरिएको छ । 

    केही समयअघि अमेरिकाले नेपाललाई रु ५६ अर्बको आर्थिक सहयोग गर्ने बताएको उक्त पार्टीको विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast