मंगलवार, जेष्ठ २०, २०७७
    राज्य-समाज

    इतिहासकै पहिलो अवसर : ‘एक वर्षमा सय कानून’

    आईतवार, १० चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १० चैत 

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो । 

    उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले काम गरिरहेको छ । 

    संविधानप्रदत्त जनताका मौलिक हक कसरी कार्यान्वयन गर्ने र नीतिहरुको निर्माण र थिति बसाल्न हामीले यसबीचमा समय व्यतीत गरेका छौँ । समावेशिता र समानताको कार्यान्वयनका क्षेत्रमा पनि हामीले छोटो समयमा उपलब्धि हासिल गरेका छौँ ।” 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast