बिहिवार, जेष्ठ २२, २०७७
    मुभी-थिएटर

    अक्षय कुमार ९० करोड पारिश्रमिक लिँदै सिरिज वेबका लागि

    आईतवार, १० चैत्र २०७५, आहाखबर

    काठमाडौं, १० चैत

    बलिउडका खेलाडी अक्षय कुमार छिट्टै अमेजन प्राइमको वेब सिरिज ‘द एंड’मा देखिने छन् । उनी  यो स्टन्ड बेस्ड शो हो । केही दिन अगाडि शरीरमा आगो लगाएर अक्षयले यस शोको बारेमा जानकारी दिएका थिए । शोको प्रतिक्षा र चर्चा हुँदै गर्दा अक्षयले यस कामको लागि लिएको पारिश्रमिकको चर्चा सुरु भएको छ ।

    भारतीय मिडियाका अनुसार ‘द एंड’को लागि अक्षयले भारतीय ९० करोड पारिश्रमिक लिएको चर्चा छ । विशेष स्रोत यसै भन्छ । तर, यस विषयमा आधिकारिक बोलि फुटेको छैन । पहिले त डिजिटल प्ल्याटफर्ममा अक्षयले डेब्यु गर्न मानेका थिएनन् ।

    छोरा आरवको लगातारको बलले गर्दा अक्षय शोको लागि राजी भएका हुन् । अक्षयको फिल्म ‘केसरी’ ले राम्रो व्यापार गरिरहेको छ भने ‘मिसन मंगल’, ‘गुड न्युज’, ‘हाउसफुल ४’ र ‘सूर्यवंशी’ पाइपलाइनमा छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast