आईतवार, असोज ५, २०७६
    स्कुल-कलेज

    शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास

    शुक्रबार, ८ चैत्र २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, ८ चैत  :

    नेपाली सेनाले आफ्नो स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट एमबिबिएस दोस्रो समूहको अध्ययन पूरा गरेका सफल विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । 

    सैनिक मुख्यालयमा शुक्रबार आयोजित समारोहमा उक्त संस्थानमा अध्ययन पूरा गरेका ७५ जना चिकित्सकलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 

    सो अवसरमा प्रधानसेनापति थापाले करीब पाँच वर्षको लामो अध्ययन अवधि पूरा गरी प्रथम पटकमा नै शत्प्रतिशत नतिजा हासिल गरी नेपाल मेडिकल काउन्सिलको अनुमति प्राप्त गरी चिकित्सकजस्तो सम्मानित पेशामा आबद्ध भएकाप्रति बधाई दिनुभयो । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast