आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    हतियारसहितको फोटो फेसबुकमा राख्ने एक सैनिक कारबाहीमा

    बिहिवार, ७ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ७ चैत

    हतियार बोकेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्ने सैनिक सूर्यनारायण यादव कारबाहीमा परेका छन्। 

    मिडिया नीतिविपरीत सैनिक कुचीकार यादवले सैनिक तथा सिभिल पोशाकमा हतियारसहितको फोटो फेसबुकमा पोष्ट गरेका थिए । 

    उक्त कार्यले सैनिकको मिडिया नीतिको बर्खिलाफ गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले कारबाही गरेको हो। 

    कुचीकार यादवले फेसबुमा पोस्ट गरेका उक्त तस्बिरहरु हटाउन लगाई  फेसबुक अकाउन्टसमेत बन्द गराउन लगाइएको सेनाले जनाएको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast