मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    गिरिजाप्रसाद कोइरालाको आज नवौं स्मृति दिवस, नायकका रूपमा स्मरण !

    बिहिवार, ७ चैत्र २०७५, आहाखबर

    काठमाडौं, ७ चैत । 

    नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बिहिबार नवौं स्मृति दिवस मनाईएको छ ।

    ४ पटकसम्म मुलुकका प्रधानमन्त्री बन्न सफल कोइराला संघीय लोकतान्त्रिक गणतन्त्रका नायकका रूपमा परिचित छन् । 

    जीवनको उत्तराद्र्धमा कम्युनिस्टहरूसँग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल कोइरालाको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए ।

    ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिीट विरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए । युद्धकालमै माओवादीसँग राजतन्त्रविरूद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत उनको कडा आलोचना भयो, तर गिरिजाप्रसादको व्यक्तित्वका अगाडि त्यो आलोचना छायाँमा रह्यो ।

    कोइरालाको नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो । अहिले त्यसलाई नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा चिनिने गरेको छ । २००८ सालमा गिरिजाप्रसाद नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे ।

    करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वा्सित भएका उनले मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किएका थिए । उनी २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भएका थिए । २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार कोइराला पार्टी सभापति भएका थिए ।

    लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल भएकाले पनि उनको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित छ ।

    २०६६ चैत ७ गते उनको निधन भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast