जनताको जलविद्युतमा सभामुख महरा सहभागी, १ अर्ब ५४ करोडको शेयर बिक्री शुरु ! #आहा खबर# पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल #आहा खबर# टि–२० विश्वकप छनोट एसिया फाइनलको तालिका सार्वजनिक #आहा खबर# विज्ञको सुझाव : ७० डिग्री सेन्टिग्रेडसम्म पकाए ‘चिकेन’ खान सुरक्षित ! #आहा खबर# सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला #आहा खबर# रथ तान्दा ढुङ्गा हानाहान, ९ घाइते, बिस्केट जात्रा सम्पन्न #आहा खबर# तेमाल जात्रामा भक्तजनको भीड, तामाङ समुदायद्वारा दीप प्रज्वलन #आहा खबर# नेपाली सेनालाई राजनीतिक र कूटनीतिक भेटमा कडाई #आहा खबर# ​दिल्लीमाथि ४० रनकाे जित निकाल्दै मुम्बई दाेस्राे स्थानमा #आहा खबर# विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख ठगेपछि ... #आहा खबर# नेपाल बन्द सफल भएको भन्दै विप्लवले दिए धन्यवाद #आहा खबर# पोर्चुगलको मडेइरामा बस दुर्घटना, २९ जर्मन पर्यटकको मृत्यु #आहा खबर# सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल ! #आहा खबर# खेलकूदको विकासका लागि विशेष पहल आवश्यक : राष्ट्रपति भण्डारी #आहा खबर# भारतमा दोस्रो चरणको लोकसभा निर्वाचन : शान्तिपूर्णरूपमा ६१ % मत खस्यो #आहा खबर#
    लाइफस्टाइल

    रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग ! रङ दल्दै खुशियाली साटासाट [ २८ फोटो]

    बुधबार, ६ चैत्र २०७५, –नारायण ढुङ्गाना .

    काठमाडौँ, ६ चैत 

    रङ दल्दै आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । 

    विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाउन थालिएको छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । चितवनलगायतका कतिपय जिलामा दुवै दिन होली मनाउने चलन छ । 

    बुधबार बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा सजिएर समूह–समूहमा होली खेल्न थालेका दृष्य यत्रतत्र देखिएका छन् । विभिन्न थरिका रङमा देखिएका उनीहरु एकापसमा होली दलेर रमाइरहेका छन् । आपसी खुशी साटासाट गरेर मनाउँदै एक अर्काका भाइचारा विस्तार हुने भएकाले होलीको आफ्नै विशेषता रहेको काठमाडौँ मैतीदेवीमा होली खेल्दै गरेका युवा हरिकृष्ण शर्माले बताउनुभयो । 

    हीरण्यकश्प नामक राक्षसले भगवान् विष्णुका भक्त आफ्नै छोरा प्र्रह्लादलाई अग्नि कुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको खुशियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ । 

    होलीको दिनमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँको वसन्तपुर, मैतीदेवी, टुँडिखेल, सामाखुशी, टोखा, भृकुटीमण्डप, महाराजगञ्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न सङ्घ संस्थाले अनुमति लिएका छन् । 

    सो क्षेत्रमा होलीलाई शान्तिपूर्ण बनाउन प्रहरी परिचालन गरिएको छ । अन्य क्षेत्रमा पनि सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण रुपमा मनाउनुपर्ने होली पछिल्लो समयमा विकृति मिसिएको भन्दै चिन्ता प्रकट गरिएको छ । 

    बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । 

    आज बिहान काठमाडौँका विभिन्न क्षेत्र घुम्दा मुख्य सडकभन्दा भित्री सडकमा विकृतिपूर्ण व्यवहार देखिएका छन् । बालबालिकाले भने लोलाको प्रयोग गरिरहेका छन् । भित्री सडकमा लोला हानेका प्लाष्टिक सडकमा यत्रतत्र देखिएका छन् । मुख्य सडक क्षेत्रमा भने युवाको झुण्ड होलीमा रमाइरहेका छन् । होली विशेष कार्यक्रम आयोजना गरिएको क्षेत्रमा भने सांस्कृति कार्यक्रमसहित होली मनाउने तयारी गरिएको छ । कतिय भने होली मनाउने तयारीमा देखिएका थिए । 

    उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध 

    सरकारले होलीका अबसरमा उत्छृङ्खलता प्रदर्शन नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । खुशियाली साटासाट गरी मनाइने होली(फागू) पर्व मर्यादित रुपमा मनाउन सरकारले सबैमा आग्रह गरेको हो । 

    गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली मनाउन आग्रह गर्दै भन्नुभयो, “पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि भएमा कारवाही हुन्छ ।” 

    नेपाल प्रहरीले समेत होली विशेष सुरक्षा योजना ल्याएर विशेष सुरक्षा व्यवस्था मिलाएको छ । यसपालि तीन दिन अघिदेखि नै होलीमा अवाञ्छित घटना हुन नदिन विशेष सतर्कता अपनाइएको छ । प्रहरीले होली उच्छृङ्खल नहोस् भनेर समुदायसँग मिलेर माइकिङ गरी प्रचारप्रसारका कार्यक्रम गरेको थियो । 

    ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ 

    प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारवाही गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । यसपटक काठमाडौँमा मात्रै १०७ स्थानमा ‘चेक प्याइन्ट’ राखेर होलीलाई शान्तिपूर्ण बनाउने तयारी गरिएको प्रहरीले जनाएको छ । होलीको दिन बुधबार काठमाडौँमा सादा पोशाकमा दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

     

    सतहत्तरै जिल्लामा होली विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाइएको बताउँदै प्रहरी प्रधान कार्यालयले मापसे चेक जाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुद बनाइएको जनाएको छ । 

    सवारी आवागमन न्यून 

    आज होलीका कारण काठमाडौँ उपत्यकामा सवारी आवागनम न्यून देखिएको छ । अन्य सार्वजनिक बिदाभन्दा आज काठमाडौँमा अत्यन्त न्यून सवारी सञ्चालनमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

    छिटफुट सार्वजनिक सवारी चलेका देखिन्छन् भने सामान्य मात्रामा निजी सवारी सञ्चालनमा छन् । सबै होलीमा रमाइरहेकाले सवारी कम चलेको महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताउनुभयो । चेकजाँच कडाइसँगै हेलमेट नलगाई हिँड्ने, मापसे गर्ने जबर्जस्ती गर्ने, मोटरसाइकलमा तीन जना चढेर हिँड्नेलगायत गतिविधिमा ट्राफिक प्रहरीले कडाइ गरेको उहाँले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      वंशजको नागरिकता लिनका लागि बिहानैदेखि घुइँचो !
      जया प्रदाको भित्रीवस्त्रबारे टिप्पणी गर्ने आजम खानको उम्मेदवारी खारेज माग
      सोमबार पनि मेघगर्जन सहित वर्षा हुने, यस्तो छ देशको मौसमी विवरण
      ब्रेल लिपीबाट दृष्टिविहीन लाभान्वित हुँदै
      राजधानीमा राति १० बजेसम्म गाडी चल्ने, ताकियो सवारी सञ्चालन अवधि
      विसु मनाउन घर फर्किंदै सुदूरपश्चिमेलीहरु
      हुरी प्रभावित क्षेत्रमा नेपाली सेना : धमाधम अस्थायी टहरा बनाउँदै
      मौसम बिहानैदेखि अँध्यारो, देशका कैयौं भागमा वर्षा र हुरीबतासको त्रास
      देशभरको मौसम बदलीसँगै वर्षा, तराईमा हावाहुरी चल्ने
      प्रयोग गर्ने एक शब्द यस्तो पार्नुस्, बनाउछ सम्बन्धलाई सुमधुर
      हावाहुरी पीडित भन्छन् : राहतभन्दा आहत बढी, के हो वास्तविकता ?
      नमूना व्यावसायिक पशुपालनमा परासीका युवाहरु
      प्रतिमृतक परिवारलाई ३ लाख राहत
      शेष घले र जमुना गुरुङ अर्बपति क्लबमा, दुवैको सम्पत्ति १.१ अर्ब डलर
      दयनीय बन्दै भारत गएका सुदूरपश्चिमेलीको अवस्था
      राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी
      दाँत माझ्न जान्दैनन् अधिकांश
      देशका विभिन्न भेगमा ३ दिन बदली र वर्षा
      पक्षी तथा जनावरको अनुसन्धान केन्द्र बन्दै दाङ, ६५ प्रतिशत वन
      स्वास्थ जीवन अभियानअन्तर्गत निःशुल्क बृहत् योग शिविर शुरु
      देशका अधिकांश स्थानमा वर्षा, बुधबारदेखि मौसम खुल्ने
      एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य
      हुम्लामा हिमपात, एसइई परीक्षार्थी प्रभावित, तापक्रम माइनसमा
      छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
      घरघरमा पुग्यो पानीको धारा, स्थानीयवासी खुशी
      “जबर्जस्ती छाउगोठमा राख्नेलाई कारवाही नगरेसम्म यो प्रथा हट्ने देखिन्न”
      प्राकृतिक कारणले मरे धेरै गैँडा, बन्यो हालसम्मकै पहिलो रेकर्ड
      काठमाडौँ उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन
      गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी
      बच्चा जन्माउन अमेरिका पुग्ने, रुसीहरुलाई अमेरिका मोह
      Weather Forecast