मंगलवार, मंसिर ३, २०७६
    राज्य-समाज

    'ज्यानमारा' भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी

    मंगलवार, ५ चैत्र २०७५, आहाखबर

    काठमाडौं, ५ चैत

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी परेको छ । पुष्पकमल दाहाल प्रचण्ड अहिले अमेरिकामा छन् । पत्नी सीता दाहालको उपचारका लागि उनी छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका हुन् ।

    पत्नी सीता दाहालको उपचारका लागि गएका बेला प्रचण्डविरुद्ध अमेरिकामा उजुरी परेको छ । केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।

    अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ । प्रचण्डमाथि युद्ध अपराध गरेको, मानवअधिकार उल्लंघन गरेको आरोप लागेकाले उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast