बिहिवार, कार्तिक २८, २०७६
    राज्य-समाज

    कावासोतीमा जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न

    मंगलवार, ५ चैत्र २०७५, सुमन लम्साल .

    कावासोती नवलपुर, चैत 

    नवलपुर जिल्लाको कावासोति नगरपालिकाको लामिचौर उपभोक्ता समिति अन्तरगत  समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण युवा जागरणले जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । 

    कावासोती नगर उपप्रमुखको प्रमुख प्रेम शंकर मर्दनीयाको   प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बेलने वक्ताहरु तथा प्रमुख अतिथि प्रेम शंकर मर्दनीयाले "युवाहरु यति खेर गाउँ गाउँमा संरक्षणको आवाजलाई बुलन्द पारिनुपर्छ  र सकारात्मक सोचाइको साथमा लाग्ने हो भने संरक्षक गर्न सहज छ"  भन्नुभयो । चितवन राष्ट्रिय निकुञ्जको रेन्जर अमृता पुडासैनि, बादरझुला पोस्टका सुदर्शन बिष्ट तथा कावासोतीका वडाअध्यक्षहरुको विशेष उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम केबल प्रसाद चौधरीको सभापति र सुधन लम्सालको मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो भने कार्यक्रम  एल० एन० दवाडी ले सहजिकरण गर्नुभएको थियो। 

    कार्यक्रममा बोल्ने बक्ताहरु संरक्षणमा अझै जोड दिनुपर्ने बताए । समुदायिक स्तरबाट संरक्षण हुन सक्यो भने मात्र दिगो रूपमा संरक्षण  हुने  र समुदायको युवाहरूलाई राम्रोसँग अभियानमा सहभागी गराउदा थप संरक्षकत्व भुमिका हुने कुरामा सबैको जोड थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast