शनिबार, कार्तिक ३०, २०७६
    राज्य-समाज

    निर्मला हत्या प्रकरण : अदालतमा उपस्थित भए पूर्वएसपी विष्ट

    मंगलवार, ५ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ५ चैत

    निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । श्रोतका अनुसार उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।

    अदालतले विष्टलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् ।

    न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast