आईतवार, मंसिर १, २०७६
    राज्य-समाज

    नेपाल-भारत पारवहन वार्ता : प्रतिनिधिमण्डल टोली नयाँदिल्लीमा

    आईतवार, ३ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, ३ चैत  

    नेपाल र भारतबीचको पारवहन व्यवस्थालाई सहज तुल्याउन विभिन्न समयमा भएका द्विपक्षीय विनिमयपत्र (एलओई) एकीकरणसम्बन्धी बैठक भारतको राजधानी नयाँदिल्लीमा हुँदैछ । 

    यही चैत ४ र ५ गते हुने सहसचिवस्तरीय उक्त बैठकमा पानीजहाजबाट मालसामान स्थानान्तरण, ‘लेटर अफ एक्सचेञ्ज’ (एलओई) को एकीकरण, बृहत् परिमाणका मालसामानको व्यवस्थापन, उडिसाको मुन्द्रा र गुजरातको ढाम्रा बन्दरगाह सञ्चालन र जलमार्गबारे छलफल हुनेछ । 

    बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजु नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल आईतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सहसचिवका साथै कोलाकाताका लागि नेपालका महावाणिज्यदूत, नयाँदिल्लीस्थित नेपाली दूतावासका सहसचिव रहने प्रतिनिधिमण्डलका नेता सैँजुले राससलाई जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast