शुक्रबार, कार्तिक २९, २०७६
    बिदेश

    न्यूजिल्याण्डमा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारद्वारा निन्दा

    शुक्रबार, १ चैत्र २०७५, आहाखबर

    काठमाडौँ, १ चैत 

    सरकारले न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा शुक्रबार  भएको गोलीकाण्डमा दर्जनौँ मारिएको खबरबाट स्तब्ध भएको जनाएको छ । अविवेकी आतङ्कवादी उक्त कृत्यको सरकारले घोर निन्दा गरेको छ । 

    न्यूजिल्याण्ड सरकार तथा उक्त हमलामा ज्यान गुमाएकाहरूका परिवारजनमा नेपाल सरकारले हार्दिक समवेदना व्यक्त गरेको छ ।

    साथै सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast