३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    ओएमजी Omg!

    चीनको अर्को चमत्कार : ‘एलो रिभर’को पानी सिओनगानमा

    शुक्रबार, १ चैत्र २०७५, - सिन्ह्वा .

    झेङझाओ, चीन, १ चैत्र ।

    चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख तालमा मिसाइएको छ । 

    नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो । 

    नदीको प्राकृतिक प्रवाहबाट उक्त मात्रामा पानीलाई मार्ग परिवर्तन गर्न चीनको बार्षिक ‘वाटर डाइभर्सन’ आयोजनाले सन् २०१८ नोभेम्बर २९ देखि काम शुरू गरी सन् २०१९ को मार्च १० मा सम्पन्न गरेको हो । 

    वैयाङदिअन तालको वातावरणलाई सुधार गर्ने र धार परिवर्तन गरिएको नदीको पानी जाने बाटोमा पर्ने शहरी क्षेत्रमा खानेपानीको अभाव पूर्ति गर्ने लक्ष्य आयोजनाको रहेको हेनान एलो रिभर विभागले जनाएको छ । 

    हेनान प्रान्तको पुयाङ जिल्लाबाट नदीको पानीलाई नहरका रूपमा धार परिवर्तन गराइएको र वैयाङदिअन तालसम्म पु¥याइएको छ । 

    आयोजना स्थायी पानी संरक्षणका कार्यक्रम अन्तर्गतको पहिलोे नमूना योजना हो । बेइजिङबाट १०० किलोमिटर दक्षिणपश्चिममा पर्ने नयाँ आर्थिक इलाका हो । 

    उक्त आयोजना अन्तर्गत पथान्तर गरिएको करिब २६ करोड क्युविक मिटर पानी शहरी क्षेत्रको पानीको अभाव, स्थानीय वातावरण, सिंचाइ तथा उद्योगको आवश्यकतालाई सम्बोधन गर्न बाटोमा नै वितरण गरिएको छ भने ८ करोड क्युविक मिटर तालमा मिसाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast