३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    लाइफस्टाइल

    जापानी नागरिक ‘ओकेबाजे’ को पाल्पामा नागरिक अभिनन्दन

    बिहिवार, ३० फागुन २०७५, आहाखबर
    पाल्पाको मगर बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकीमी (ओके बाजी)को नागरिक अभिनन्दनका क्रममा तानसेन बजार परिक्रममा गरिँदै । तस्वीरः कृष्ण दर्नाल पाल्पा

    बेझाड, ३० फागुन :

    लामो समयदेखि पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानका काजुमासा काकिमी (ओकेबाजे)लाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ । 

    पच्चीस वर्षदेखि पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा रहेर महत्वपूर्ण सहयोग गर्दै आउनुभएका ओकेबाजेलाई शैक्षिक संस्था, बालक्लब, युवाक्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह लगायतका सङ्घसंस्थाले विहिवार अभिनन्दन गरेका हुन् । 

    उहाँको यसअघि दुईचोटि अभिनन्दन गरिसकिएको छ । पाल्पाका ग्रामीण बस्तीमा निरन्तर सामाजिक सेवामा बिताउनुभएको योगदानको कदरस्वरुप पाल्पालीले अभिनन्दन गरेका हुन् । कार्यक्रममा जापानका ७० भन्दा बढी नागरिकको सहभागिता थियो ।

    उहाँले चार वर्षअघि नै नेपालका लागि आवासीय प्रवेशाज्ञा प्राप्त गर्नुभएको छ । बाजेले पाल्पामा रहेर सेवा गरेको साढे दुई दशक भएको उपलक्ष्यमा सम्मान गरिएको अभिनन्दन समितिका सदस्य लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो ।

    उहाँको यसअघि दुईचोटि अभिनन्दन गरिसकिएको छ । पाल्पाका ग्रामीण बस्तीमा निरन्तर सामाजिक सेवामा बिताउनुभएको योगदानको कदरस्वरुप पाल्पालीले अभिनन्दन गरेका हुन् । कार्यक्रममा जापानका ७० भन्दा बढी नागरिकको सहभागिता थियो । 

    नेपाल घुम्न आउनुभएका ओकेबाजे २५ वर्षअगाडि पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमारामा बास बस्न पुग्नुभयो । त्यहाँ बसोबास गर्ने बालबालिकाको दयनीय अवस्था, अशिक्षा, गरीबी देखेपछि उहाँको मनले यहीँ बसेर सेवा गर्ने सोच राखेर त्यस समयदेखि नै उहाँले पाल्पालाई कमर्थलो बनाएर काम गर्न थाल्नुभयो । “ गरीब, विपन्नलाई सहयोग गर्न पाउँदा मलाई निकै खुशी लाग्छ, समाजसेवामा अझै खटिरहन्ुछ,” उहाँले भन्नुभयो । 

    आर्थिक समस्याले विद्यालयसम्म पुग्न नसकेका बालबालिकालाई शिक्षा दिने, औषधि उपचार, विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्नुभयो । 

    आर्थिक समस्याले विद्यालयसम्म पुग्न नसकेका बालबालिकालाई शिक्षा दिने, औषधि उपचार, विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्नुभयो । 

    उहाँको करीब दुईसय विद्यालय भवन निर्माणमा सहयोग गर्नुभएको छ । जापानका विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम जुटाएर गरीब, असहाय, दलित परिवारको शिक्षा, औषधि उपचार, भवन निर्माण, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्र सहयोग पु¥याउनुभएको छ । 

    सन् १९३९ मा जापानको टोकियोमा जन्मनुभएका ओकेबाजेले त्यहाँको एक बासिदा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो । उहाँले २३ वर्षसम्म टोकियोमै अध्यापन गरेर अवकाश पाएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा काम गर्नुभएको हो । उहाँले आफ्नो पेन्सन जति सबै गरीब, विपन्न परिवारको लालनपालन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्चंदै आउनुभएको छ । 

    कार्यक्रमका अवसरमा जापानी र नेपाली संस्कृति प्रदर्शन गरिएको थियो । ओकेबाजे गरीब, दुःखी, विपन्न, असहाय वर्गको सहारा बन्नुभएको छ । उहाँले यहाँका निम्न, दलित, विपन्नवर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । शुरुमा नेपाली भाषा नबुझेपछि नागरिकले जे सोधे पनि ‘ओके–ओके’ भनेर जवाफ फर्काउने गर्दा पाल्पालीले उहाँको नाम नै ओकेबाजे राखिदिएका हुन् । ओकजेबाजे अहिले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast