होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    शेयर बजार

    जनताको जलविद्युत् कार्यक्रमका शेयरलाई क्रेडिट रेटिङ नचाहिने

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३० फागुन 

    ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ । 

    नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी बिहिबार आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको हो । 

    उक्त कार्यक्रमअन्तर्गत सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिइएको बोर्डले जनाएको छ । ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको हो । 

    सरकारले उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा नुवाकोटमा निर्माण शुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम शेयर बिक्री गर्ने तयारी गरेको छ । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको केही समय पहिले मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्याश गरिसक्नुभएको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रकमको पहिलो शेयर आफूले खरीद गर्ने यसअघि नै सार्वजनिक गर्नुभएको छ । नागरिकबाट नै लगानी जुटाएर करीब तीन हजार ५०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यस्ता आयोजनाको स्वपूँजीमध्ये ४९ प्रतिशत रकम शेयरमार्फत उठाउने र अग्रिमरुपमा लिएको शेयर बराबरको रकमकोसमेत ब्याज दिने निर्णय गरेको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      विकास निर्माण परियोजनाका लागी परियोजना बैंक स्थापना
      ​माथिल्लो त्रिशूली ३ ‘बी’ : सेयर लगानी गर्ने मौका !
      साताको शेयर : १ अर्ब ९३ करोड कारोवार, आशालाग्दो बजार
      ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’
      जनताको जलविद्युत् कार्यक्रमका शेयरलाई क्रेडिट रेटिङ नचाहिने
      शेयर बजार बढ्ने क्रम जारी, कारोवार रकममा समेत वृद्धि
      पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड
      दोहोरो अङ्कले घट्यो शेयर बजार
      शेयर बजारमा शुभसंकेत ! दोहोरो अङ्कको वृद्धि, उत्साहजनक कारोबार
      लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयक : अर्थमन्त्री
      शेयर बजार दोहोरो अङ्कले बढेपछि लगानीकर्तामा उत्साह
      ओरालो लाग्दै आएको शेयर बजारमा सामान्य सुधार
      धितोपत्र बजार : ५ अङ्कले घट्यो शेयर बजार
      नेपाल लाइफ इन्स्योरेन्सले ४८ प्रतिशत लाभांश दिने
      लगानी बोर्ड थप शक्तिशाली : ६ अर्ब माथिका आयोजनाको जिम्मा
      नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
      दोहोरो अङ्कले घट्यो शेयर बजार
      साताको पुँजी बजार : कारोवार रकम झन्डै अर्ब, समग्रमा नेप्से धनात्मक
      पूँजी बजार विस्तारमा बोर्ड प्रतिबद्ध, नबिललाई नेप्सेको स्पष्टीकरण
      मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा हरियाली
      पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै
      स्टकमा ५ कम्पनीका शेयर सूचीकृत, कुनको कित्ता कति ?
      सेयरमा लगानी गर्ने अवसर, २१ कम्पनीको आइपीओ आउदै !
      सेयर लगानीकर्ताले १ वर्षमा कति गुमाए ?
      शिवम् सिमेन्टको आइपिओ आउंदै, प्रतिशेयर रु ३ सय
      टाटा मोटर्सको सेयरमूल्य एकैदिन ३० प्रतिशत घट्यो
      हिमालयन ऊर्जा विकास कम्पनीले पायो साधारण शेयर बिक्रीको अनुमति ..
      साताको शेयर बजार : १ अर्ब २९ करोडको कारोवार, लगनिकर्तालाई भार !
      जलविद्युत् कम्पनीको शेयर आधारभूत मूल्यभन्दा कम, कुन कति मुल्यले तल ?
      आशा लघुवित्तको साधारण शेयर बिक्री शुरु, सर्वसाधारणलाई ६ लाख ३० हजार कित्ता
      Weather Forecast