३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    बैंक-बीमा

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सिक्का उपलब्ध गराउने

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३० फागुन

    नेपाल राष्ट्र बैंकले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकलाई रु १८ लाख मूल्य बराबरको सिक्का उपलब्ध गराउने भएको छ । बैंकले रु एक दरको न्यूनतम छ लाख र रु दुई दरको १२ लाख सिक्का उपलब्ध गराउने भएको हो । 

    धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । 

    आम नागरिकको मागबमोजिम सहजरुपमा सिक्का उपलब्ध गराउने दायित्व केन्द्रीय बैंकको दायित्व भएकाले काठमाडौँ उपत्यकाभित्रका वाणिज्य बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । 

    बैंकका अनुसार कूल २८ वटा वाणिज्य बैंकले आगामी चैत ३ गतेदेखि आगामी वैशाख १६ गतेसम्म वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । बैंकिङ कारोवार गर्ने समयभित्र सर्वसाधारणलाई सिक्का बिक्रीको व्यवस्था गर्ने निर्णय गरिएको र काठमाडौँ उपत्यकाभित्र रहेका आफ्ना शाखामार्फत सिक्का बिक्रीको व्यवस्था मिलाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast