बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सिके राउत राष्ट्रिय राजनीतिमा, निर्वाचन आयोगमा दल दर्ता गर्दै

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौं, ३० फागुन 

    सरकारसंग ११ बुँदे सहमति गरेर तराई झरेका सिके राउतले आफ्नो दल निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन् । ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक राउतले सरकारसंग सहमति गरि पृथकतावादी आन्दोलन छोडेका छन् ।

    दल दर्ताको निर्णय गर्नका लागि राउतले चैत ४ र ५ गते जनकपुरमा राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । राउतले सरकारसँग भएको सहमतिका बारेमा आफ्ना नेता कार्यकर्तालाई जानकारी गराउन समेत बैठक बोलाएका हुन् । राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि उनको यो पहिलो राष्ट्रिय परिषद् बैठक हो ।

    तर पार्टीको नाम के राख्ने भन्ने विषयमा अहिले नै टुंगो लागिसकेको छैन । स्वतन्त्र मधेश गठबन्धन मोर्चाको रुपमा रहने बताइएको छ । र अब खोलिने नयाँ पार्टी छुट्टै हुनेछ । राष्ट्रिय परिषद्को बैठकले पार्टीको नाम र अन्य बाँकी विषय टुंगो लगाउने बताइएकोछ ।

    यो पार्टीले रिक्त रहेको पदमा तराई क्षेत्रमा हुने निर्वाचन भाग लिने भएको छ । राष्ट्र विखण्डनको नारा लगाइरहेका सीके राउत र सरकारबीच गत शुक्रबार ११ बुँदे सहमति भएको थियो । त्यसपछि उनलाई खुल्ला राजनीतिमा आउने खुल्ला भएको हो ।

    साथै सीके राउतले तराईलाई यूएनपीओमा दर्ता गराएका छन् । मधेस २६ औं सदस्यका रुपमा दर्ता छ । मधेसलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast