उपकरणको अभावले वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ #आहा खबर# चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक, प्रियंका र आयुष्मानको छ यस्तो भुमिका #आहा खबर# सलमान खानले कैटरिनाको यसरी केयर गरेको देखेपछि फ्यान उत्साहित #आहा खबर# यातायात समितिलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घको आग्रह #आहा खबर# नेकपा सचिवालय बैठक - पोलिटब्युरो गठन र केन्द्रीय सदस्यको कार्यविभाजनमा केन्द्रित #आहा खबर# अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर #आहा खबर# भारतमा सातौं तथा अन्तिम चरणको मतदान जारी, ५९ सिटका लागि ८ राज्यका ९१८ उम्मेदवार #आहा खबर# घरमा लुकिरहेको अवस्थामा विप्लवका कार्यकर्ता पक्राउ #आहा खबर# बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने : राजदूत आम्स #आहा खबर# विद्यालय नै नआई तलब खान्छन् शिक्षक, विद्यार्थीको भविष्य अन्योलमा #आहा खबर# त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते, ३ जनाको सनाखत #आहा खबर# गर्मी मौसममा के खाने के नखाने ? शरिर स्वस्थ राख्न ध्यान दिनुपर्ने कुराहरु ... #आहा खबर# यी चर्चित ५ क्रिकेट खेलाडी जाे अन्तिमपटक विश्वकप खेल्दैछन् ... #आहा खबर# देशभरका भन्सार तथा कर कार्यालयको अनुगमन गर्न केन्द्रीय टोली परिचालित #आहा खबर# भक्तपुर जाने पर्यटकको बसाइ लम्ब्याउन चुनौती : एक-दुई घण्टा बिताएर पानी, चिया र कफीकै भर #आहा खबर#

    aahakhabar

    बिदेश

    सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    कायरो, ३० फागुन 

    सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ । 

    तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा हुनुहुन्छ । उहाँकै शासनकालमा तेलको धनी मानिएको दक्षिण सुडान सन् २०११ मा टुक्रिएको थियो भने डार्फर द्वन्द्वमा संलग्न रहेको आरोपमा उहाँमाथि जाति हत्या एवं युद्ध अपराधका निम्ति अन्तर्राष्ट्रिय वारेन्ट जारी भएको छ । 

    तर डिसेम्बर यता उहाँ विरुद्ध तीन दशकमै सबैभन्दा ठूलो विरोध प्रदर्शन भइरहेको छ । अरु राजनीतिक दलहरु र युनियनहरुले राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । 

    सुरक्षाफौजको बाक्लो उपस्थितिको पर्वाह नगरी सडकमा भेला भएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । सबैभन्दा ठुल्ठुला प्रदर्शन राजधानी खार्तुम र त्यस नजिकैको सहर ओम्डुरम्यानमा भइरहेका छन् । अरु सानातिना प्रदर्शन देशका अन्य भागमा समेत जारी छन् । 

    स्वतन्त्र व्यावसायिक युनियनको छाता समूहले पनि अल–बासिरले राजीनामा दिनुपर्ने र नयाँ अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै सडक प्रदर्शनमा सहभागी भइरहको छ । युनियनले नयाँ सरकारले निर्वाचनको तयारी गर्नुपर्ने जिकिर गरिरहेको छ । 

    समूहकी प्रवक्ता सराह अब्देल–जलीलले सुडानी जनताका आकाँक्षा पूरा गर्न वर्तमान शासनसत्ता पूर्ण रुपमा प्रतिस्थापन हुनुको विकल्प छैन भन्नुभयो । 

    “अब यो सत्तासँग मोलमोलाई गर्नु नै छैन । इतिहासले वर्तमान शासनसत्तासँगको वार्ता उपलब्धिमूलक हुँदैन भन्ने देखाइसकेको छ,” उनले भनिन् । “हामी हाम्रो शान्तिपूर्ण प्रतिरोधलाई निरन्तरता दिन्छौं ।” 

    राष्ट्रपति अल–बासिरले राष्ट्रिय संवादका लागि आह्वान गर्नुको साटो सामान्य छुट दिन सकिने बताउँदै आउनुभएको छ । उहाँले अर्को वर्ष हुने चुनावमा नयाँ कार्यकालका लागि फेरि योग्य बनाउने गरी संविधान संशोधनको प्रस्ताव अघि सार्नुभएको छ । विपक्षीहरु राष्ट्रपतिको त्यस कदमको विरोधमा छन् । 

    राष्ट्रपतिले सेनामा आफ्नो पकड बलियो बनाउन सबै प्रान्तका गभर्नरहरु हटाएर वरिष्ट सैनिक अधिकृतहरुलाई नियुक्त गर्नुभएको छ । उहाँले आपतकालीन स्थितिको घोषणा गर्नुका साथै अवैधानिक भनिएका सबै भेला वा सभाहरुमा प्रतिबन्ध लगाउने तथा प्रदर्शनलाई निस्तेज बनाउन स्वविवेकीय पूर्ण अधिकार सुरक्षा फौजलाई दिनुभएको छ । 

    अल–बासिरले गत महिना सरकार पनि बिघटन गर्नुभएको थियो । उहाँले मनोनयन गरेका नयाँ प्रधानमन्त्रीले बुधबार नयाँ मन्त्रिपरिषद घोषणा गर्नुभएको छ । रक्षा र विदेश मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले आफू मातहत राख्नुभएको छ । 

    अल–बासिरले नेसनल कङ्ग्रेस पार्टीको नेतृत्व त्याग्नु भएको छ तर उहाँले पार्टी नेतृत्व कट्टरपन्थी इस्लामी नेता अहमद हारुनलाई सुम्पनु भएको छ । अहमद हारुन पनि सन् २००० को डार्फर द्वन्द्वसँग मुछिएका कारण अन्तर्राष्ट्रिय फौजदारी अदालतको सर्वाधिक खोजीको सूचीमा हुनुहुन्छ । 

    अल–बासिर सेनाको समर्थनमा सन् १९८९ मा सुडानको सत्तामा पुग्नुभएको थियो । 

    अल–बासिर सत्तामा रहेदेखि नै अन्तर्राष्ट्रिय जगतबाट अलग्गिनु भएको छ । पश्चिमा मुलुकहरुले प्रदर्शन हुन थालेका शुरुआती दिनहरुमा चासो व्यक्त गरेका थिए, तर त्यसयता उनीहरु प्रायः चुपचाप छन् । 

    अरब मुलुकहरु सामान्यतया तटस्थ देखिएका छन् र उनीहरुको आँखामा अल–बासिर त्यति भरोसायोग्य व्यक्ति होइनन् । 

    नेता अल–बासिरले पछिल्ला वर्षहरुमा भने अरब मुलुकहरुसँग सम्बन्ध बढाउन चाहनुभएको छ । उहाँले साउदी–कतारी द्वन्द्वमा कुनै एक मुलुकप्रति पूर्ण समर्थन जनाउनुभएको छैन । छिमेकी मुलुक इजिप्टसँगको सम्बन्ध पनि दुई मुलुकबीचको लामो समयदेखिको सीमा विवादका कारण प्रगाढ हुन सकेको छैन । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast