होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    लाइफस्टाइल

    सुकिलामुकिला कपडासहित राउटे चेक साट्न बैंकमा

    बिहिवार, ३० फागुन २०७५, हिक्मतबहादुर नेपाली .

    दुल्लु, ३० फागुन

    सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए । 

    समुदायका पाँच अगुवा भने सुकिलामुकिला कपडासहित कतै जाने तरखर गर्दै थिए । समुदायका तीन मुखिया, महामुखिया र एक युवासहित समुदायका अगुवा अन्त कतै नभएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाने तयारीमा लागेका हुन् । 

    एकैछिनमा जिप चढे र वीरेन्द्रनगर सुर्खेततर्फ लागे । उनीहरू सरासर मेगा बैंक शाखा सुर्खेतमा पुगे । बैंकमा पुगेर पाँचै जना लाइनमा उभिए । पालैपालो बैंकबाट चेक साटेर भुक्तानी लिए, त्यसपछि पाँचै जना फर्किए । समुदायका पाँच अगुवाले जागिर खाएपछि पहिलो महीनाको तलब थाप्न बैंक पुगेका थिए । त्यसअघि सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हीरासिंह थापाले उनीहरुलाई तलबवापतको चेक हस्तान्तरण गर्नुभएको थियो । उनीहरु फागुन महीनाको तलब लिन बैंक पुगेका हुन् । 

    फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाले यही फागुन ११ गते पहिलोपटक जागिरको नियुक्तिपत्र बुझेका थिए । विशेषगरी नेपालको पश्चिमका तीन प्रदेशका वन जङ्गलमा बसोबास गर्दै आएका समुदायका महामुखिया महिनबहादुर शाही, मुखिया सूर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो । एइआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरुलाई जागिर प्रदान गरिएको थियो । 

    राउटे समुदाय बसोबास गरिरहेको स्थानमा राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही समुदाय परिचालन, अन्य समुदायसँग समन्वय र सहकार्य गर्दै सशक्तीकरण गर्न समुदायका महामुखिया र मुखियासहित पाँच जनालाई रोजगारी दिइएको थियो । ती पाँचै जनाले समुदायमा बालबालिकालाई औषधि खुवाउन र व्यक्तिगत सरसफाइमा लाग्न उत्प्रेरित गराउने, समुदायमा बाल क्लब, महिला समूह र युवा समूह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो । 

    उहाँका अनुसार बिरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणका लागि सकेसम्म थोरै क्षति हुने गरी आफ्नो सीपको प्रयोग गरी सामग्री निर्माण गर्न सहजीकरण गर्ने गरी जागिर दिइएको थियो । 

    यस्तै आफू बसोबास गरेको नजिकको समुदाय, स्थानीय सामुदायिक वन, स्थानीय तह, सम्बन्धित प्रदेश सरकार र गुँरास गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग, बेचविखन बन्द गर्ने, बाह्य सहयोगलाई एकद्धार प्रर्णालीमार्फत ग्रहण र सङ्कलनमा सहजीकरण गर्नुका साथै यसको जानकारी गाउँपालिकालाई गराउने उनीहरुको नियुक्तिपत्रमा उल्लेख गरिएको छ । राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रका काठहरु कमभन्दा कम क्षति हुने गरेर घर निर्माणमा सहजीकरण गर्ने अध्यक्ष थापाको भनाइ छ । 

    बैंकबाट चेक साटेर भुक्तानी लिएपछि समुदायका महामुखिया महिनबहादुर शाहीले आफ्नो तलब बैंकमा आएर लिन पाउँदा खुशी लागेको बताउनुभयो । मुखिया सुर्यनारायण शाहीले आफु र आफ्नो जनताले बैंकबारे थाहा नपाएको बताउँदै बैंकमार्फत रकम लिँदा सजिलो भएको प्रतिक्रिया दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      योग साधनामा म्याग्देलीको आकर्षण
      स्वरोजगार कार्यक्रम : १५ सयलाई तालीम, १९ थरीका काम !
      हिन्दुमात्र होइन, मुश्लिम युवा पनि होलीमा, भव्य तयारी
      पानीको सदुपयोग २० % मात्रै, सबै प्रयोग गरे नेपाल कायापलट !
      सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत तेल पेल्ने ‘कोल’ लोप हुँदै
      जापानी नागरिक ‘ओकेबाजे’ को पाल्पामा नागरिक अभिनन्दन
      सुकिलामुकिला कपडासहित राउटे चेक साट्न बैंकमा
      छाडा चौपाया : स्थानीय तहको टाउको दुखाइ
      पुख्र्यौली आरन चलाउने सीपलाई व्यावसायीकरण गर्दै यी व्यक्ति
      वातावरण संरक्षण र जीविकोपार्जनका लागि ‘इबिए’ परियोजना
      तौल कसरी घटाउने ? यी कार्य गर्नुहोस् हुन्छ फाइदै फाइदा
      ७ हजार ५ सय परिवारमा खानेपानीको सुविधा, स्थानीयवासी हर्षित
      काठमाडौँ महानगरपालिकाका प्रत्येक वडामा पार्क निर्माण
      साइकल सिटी चितवनमा साइकल देख्नै मुस्किल
      रोल्पाको जनजीवन त्रासदीमय, दश वर्षे सशस्त्र युद्धको झल्को !
      कृषि व्यवसायमा युवाको उत्साह बढ्दो, विदेशबाट फर्केर तरकारी खेति !
      प्लाष्टिक व्यवस्थापनमा जोड दिँदै नाष्ट
      भारतमा अभिनन्दन वर्तमानको जस्तो जुङ्गाको फेसन बनाउने होड
      विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका यी २ युवा
      महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति (फोटोफिचर)
      घर-घरमा धारा जडान, फेरियो गाउँलेको जीवनशैली
      “बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु”
      डोको बुन्न भ्याइनभ्याइ, उमेरले छपन्न तर जोश र जाँगर युवा जस्तै
      निरन्तर हिमपातले हिमाली जीवन कष्टकर, मर्न थाले चौँरी
      सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित
      राउटे समुदायलाई जागिर, प्रतिव्यक्ति १ हजार ५ सय
      समुदायमा सकारात्मक परिवर्तन : महिलाका नाममा जग्गा लिने बढ्दै
      उच्च हिमाली जिल्लामा फेरि हिमपात, जनजीवन प्रभावित
      पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु, कोसेली - मार्सी चामल !
      कालिका मन्दिरमा यस्ता उमेरका युवा-युवतीले विवाह गर्न नपाउने
      Weather Forecast