होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    स्वास्थ्य

    प्रतिजैविक औषधिको व्यवस्थापनका लागि जनचेतना आवश्यक

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३० फागुन

    वातावरण क्षेत्रका जानकारले प्रतिजैविक औषधिको व्यवस्थापनको कमीले हुने वातावरण प्रदूषण नियन्त्रण गर्न जनचेतना आवश्यक रहेकोमा जोड दिनुभएको छ । 

    ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ तयारीका क्रममा वातावरणीय विषयमाथिको छलफलका क्रममा उहाँहरुले प्रतिजैविक औषधि उत्पादन गर्ने, बिक्री वितरण गर्ने र प्रयोग गर्नेलगायत सबैमा जनचेतना जगाई यसबाट हुने वातावरणीय प्रदूषण नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ । 

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरिरहेको सो कार्ययोजनामाथि वन तथा वातावरण मन्त्रालयको वातावरण विभागसँगको अन्तक्र्रिया कार्यक्रममा उपमहानिर्देशक सफला श्रेष्ठले प्रतिजैविक औषधिको व्यवस्थापनको विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्न सुझाव दिनुभयो । 

    उहाँले आमसञ्चार माध्यममार्फत आम जनतालाई पनि यसबारेमा जनचेतना जगाई वातावरणीय प्रदूषण नियन्त्रणका लागि प्रभावकारी अनुगमन संयन्त्रसमेत गठन हुनुपर्ने बताउनुभयो । 

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले प्रतिजैविक औषधिको व्यवस्थापन नहुँदा वातावरण क्षेत्रमा पर्ने असर नियन्त्रणका लागि मापदण्ड निर्धारण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । 

    कार्ययोजनाले जनचेतना र ज्ञान अभिवृद्धि, अनुसन्धान र सरसफाइ सङ्क्रमण रोकथाम, औषधिको समुचित प्रयोग एवं प्रतिजैविक प्रतिरोध समस्या निराकरणका लागि दिगो लगानीको उद्देश्य राखेको डब्लुएचओका राष्ट्रिय परामर्शदाता कृष्णमान श्रेष्ठले जानकारी दिनुभयो । 

    कार्यक्रममा मन्त्रालयका इञ्जिनीयर तुलसीनारायण महर्जन, काठमाडौँ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि श्रेष्ठ, मन्त्रालयको वातावरण विभागका शङ्करप्रसाद पौडेल, हेल्थ केयर फाउण्डेसन नेपालका महेश नकर्मीलगायतले प्रतिजैविक औषधिको समुचित प्रयोग र उचित व्यवस्थापनले वातावरण क्षेत्रमा हुने प्रदूषण नियन्त्रण गर्न सकिनेमा जोड दिनुभएको थियो । 

    प्रतिजैविक औषधि आवश्यक मात्राभन्दा बढी वा कम सेवन गरेमा, पशुपक्षीमा वृद्धिवद्र्धकका रुपमा जथाभावी प्रयोग गरेमा प्रतिजैविक प्रतिरोध हुनसक्छ । यसको समाधानका लागि चिकित्सकको सल्लाहअनुसार मात्र प्रतिजैविक औषधिको प्रयोग गर्ने, सामान्य रुघाखोकीजस्ता रोगमा प्रतिजैविक औषधिको प्रयोग नगर्ने, निर्धारित मात्रामा प्रतिजैविक औषधि सेवन गर्नुपर्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      एचआइभी सङ्क्रमितहरु पाउँदैनन् पोसिला खानेकुरा
      अध्यक्ष ‘प्रचण्ड’ सीताको उपचारकालागि अमेरिका प्रस्थान
      डेढ महीनापछि गण्डकी मेडिकल कलेजको ताला खुल्यो
      डाक्टर, नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस् : प्रधानमन्त्री
      प्रतिजैविक औषधिको व्यवस्थापनका लागि जनचेतना आवश्यक
      पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
      एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण
      उपचारको क्रममा विरामीको मृत्यु, अस्पताल तनावग्रस्त
      थाहामा सामुदायिक आँखा अस्पताल सञ्चालन, स्थानीय उत्साहित
      एम्बुलेन्स, एक्स–रे र प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा
      जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा उपचारमा समस्या
      स्वास्थ्य शिविरमा ६ सय ४९ जनाले लिए सेवा
      सिटीस्क्यान र आइसीयु सेवा थपिएकामा स्थानीयवासी खुशी
      ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया
      मिर्गौला पत्थरीबाट छुट्कारा पाउन यी उपाय अपनाउनुहोस
      महिनवारी सम्बन्धी जनचेतना अभियान निःशुल्क बाँड्नुपर्छ स्यानिटरी प्याड
      सबै नीतिमा स्वास्थ्यलाई समावेश - आयुर्र्वेददेखि परिवार नियोजनसम्म
      “लन्डन बिरामी” - एचआईभी सङ्क्रमित दोस्रो व्यक्तिले छुटकारा पाए
      दुर्घटनाका कारण बन्नसक्छ​ चालकमा 'उच्च रक्तचाप'को समस्या
      प्रधानमन्त्रीको आश्वासनपछि चिकित्सकद्वारा आन्दोलन स्थगन
      नेकपा नेता भरतमोहन अधिकारीको राति ९ः३५ बजे निधन
      राष्ट्रपति भण्डारीद्वारा नेता अधिकारीको स्वास्थ्यबारे जानकारी
      असुरक्षित भर्गपतन रोक्न चेतना वृद्धिमा जोड
      मन्त्री पुन उपचारका लागि नर्भिकमा, प्रधानमन्त्रीद्वारा भेटेर जानकारी
      फर्मा तथा हेल्थ एक्स्पो शुक्रबारदेखि
      देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
      रामपुर अस्पताललाई अत्यावश्यक सामग्री हस्तान्तरण
      ‘नेरेसोः दक्षिण एशियाकै सफल रेडक्रस’
      सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादव भारत प्रस्थान
      सरकारलाई चिकित्सकले दिए ७२ घन्टे अल्टिमेटम !
      Weather Forecast