बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    मधेसमा पूर्वराजाको ३ दिने कार्यक्रम - गरियो भब्य स्वागत

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

      
    ३० फागुन, जनकपुरधाम । 

    पूर्वराजा ज्ञानेन्द्र साह जनकपुर आउँदा उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए ।

    बुधबार राति पौने ८ बजे जनकपुरमा उनको भव्य स्वागत गरिएको थियो । 

    जनकपुरबाटै बिभिन्न जिल्लाको भ्रमण गर्ने पूर्वराजा जनकपुरमा तीन रात बास बस्नेछन् ।

    ‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा घन्काउँदै पूर्वराजालाई स्वागत गरिएको थियो । झापाबाट प्रदेश २ राजधानी जनकपुर आएका उनी होटेल सिताशरणमा बसेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast