बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    वार्ता र सहमतिबाट निकास निकाल्न प्रगतिशील लेखकहरुको आग्रह

    बिहिवार, ३० फागुन २०७५, आहाखबर

    काठमाडौँ, ३० फागुन :

    प्रगतिशील लेखक सङ्घ नेपालले विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीसँग वार्ता र सहमतिबाट निकास निकाल्न आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपाको क्रियाकलापलाई लिएर सरकारले प्रतिबन्धको नीति अख्तियार गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै सङ्घले सहमतिबाटै निकास निकाल्नुपर्नेमा जोड दिएको छ । 

    “हामी सरकार र सो राजनीतिक शक्तिको राजनीतिक स्वतन्त्रताको मूल मर्ममा आघात नपर्ने गरी वार्ता र सहमतिबाटै समस्याको समाधान खोज्न हार्दिक अपिल गर्दछौँ”, सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घ वामलेखकको साझा मोर्चा हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast