होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    राज्य-समाज

    ब्रिटिस सेनामा गोर्खाको नयाँ बटालियन घोषणा, नेपालसँग वार्ता गरिएन

    बुधबार, २९ फागुन २०७५, - बीबीसी. 2.82K

    काठमाडौँ, २९ फागुन

    ब्रिटिस सेनामा गोर्खा राइफल्सको तेस्रो बटालियन स्थापना भएर सन् २०१९ बाट भर्ती शुरु गरिने त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

    पछिल्ला वर्षमा ब्रिटेनको सेनाको घटिरहेको सङ्ख्याको मारमा नेपाली गोर्खाहरू समेत परेका थिए ।

    नयाँ निर्णयसँगै उनीहरूको सङ्ख्या ७३० ले बढेर झण्डै चार हजार पुग्ने ठानिएको ब्रिटिस फोर्सेस बोर्डकास्टिङ सर्भिसले जनाएको छ ।

     

    नेपालसँग छलफल भएको थियो ?

    फागुनको दोस्रो साता नेपाल भ्रमणमा रहेका ब्रिटिश रक्षा राज्यमन्त्री मार्क लाङ्कास्टरले बटालियन बढाउनेबारे नेपाल सरकारसँग कुनै छलफल नगरेको पर्राष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

    उनले भने, "गोर्खा सैनिकको सङ्ख्या थप गर्ने बिषयमा समग्र पुनरावलोकन नभएसम्म नेपालको सहमति छैन भनिसकेका छौं ।"

    मन्त्री ज्ञवाली भर्तीको सङ्ख्या थपघट हुने विषयमा नेपाल सरकारसँग छलफल हुनुपर्ने बताउँछन् ।

    नेपाल, भारत र बेलायत सरकार बीच सन् १९४७ मा भएको गोर्खा फौजबारेको त्रिपक्षीय सम्झौतालाई उल्लेख गर्दै उनीहरूको सेवा सुविधा र सङ्ख्याको बारेमा समय-समयमा बहस हुने गरेको छ ।

    सन् २०१९ का लागि नेपालका विभिन्न ठाउँबाट हुने प्रारम्भिक छनोटमा १० हजारबाट छानिएका ५८० पोखरा आइपुगेका थिए ।

    भर्तीको सङ्ख्या सन् २०१९ मा ४३२ थियो जुन पछिल्लो साढे तीन दशकको सबैभन्दा उच्च हो ।

     

    परिवर्तित परिवेश

    ब्रिटेनले तीन वर्षअघि गरेको आफ्नो प्रतिरक्षा समीक्षामा पाँचवटा विशेषज्ञ पैदल फौज तयार पार्ने बताएको थियो ।

    जस अन्तर्गत नै अहिले तेस्रो बटालियन स्थापना गरेर गोर्खा सैनिकहरुको सङ्ख्या बढाउन लागिएको ब्रिटेनको रक्षा मन्त्रालयले जनाएको छ ।

    यी फौजहरु खासगरी क्षमता विकास र तालिम विज्ञका रुपमा रहनेछन् ।

    नयाँ बटालियनमा गोर्खालाई रोज्नुको कारण बताउँदै ब्रिटिश रक्षा राज्यमन्त्री लाङ्कास्टरले भनेका छन्, "दुई शताब्दीभन्दा बढि समयदेखि गोर्खाहरूले आफ्नो क्षमता र साहसका कारण निकै उच्चस्तरको सेवा र बलिदानी दिएका छन् । उनीहरुले युके र ब्रिटिस सेनासम्म ल्याएको त्यही मौलिक विज्ञता र दृष्टिकोणकै कारण तेस्रो बटालियनमा निर्माणका लागि छानिएको हो ।"

    ब्रिटेनको विश्वव्यापी सुरक्षा प्रतिबद्धतासँग जुझ्नमा महत्तवपूर्ण मानिने तिब्र उद्दार, इञ्जिनियरिङ र सञ्चार सम्बन्धी जिम्मेवारीहरु मुख्य मानिने मन्त्रालयले जनाएको छ ।

    दुई शताब्दीदेखि ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरू आधारभूत तालिममा सतप्रतिसत उत्तिर्ण हुनेमध्ये पर्छन् ।

     

    'सरकार स्पष्ट होस्'

    हाल ब्रिटेनमा सेवानिवृत्त जीवन बिताइरहेका पूर्व गोर्खा मेजर टिकेन्द्र दल देवानले नयाँ घोषणालाई 'उत्साहजनक' बताउँछन् ।

    "गोर्खा सैनिकहरु पुराना पुस्तामा भएका विभेद र समस्याका बेग्लै कथा छन् । तर नयाँ पुस्ताका भएको समान अवसरबीच यस्तो घोषणाको स्वागत गर्नुपर्छ ।"

    उनीजस्ता पूर्व गोर्खाहरूको एउटा माग भने ब्रिटेनलाई आवश्यक पर्दा ठूलो सङ्ख्यामा भर्ती गर्ने नचाहिँदा कटौती गर्ने अनिश्चितता हटाउनु पर्छ भन्ने हो ।

    देवान भन्छन्, "जसको लागि दुवै सरकारहरु मिलेर गोर्खाहरुको न्यूनतम सङ्ख्या घटबढ नहुने सहमति गर्नु आवश्यक छ ।"

    ब्रिटिस सेनामा पछिल्लो समय गोर्खाहरूलाई अन्य रेजिमेन्टतर्फ जाने अवसर समेत खुला छ ।

    नयाँ बटालियनले गोर्खाहरूलाई बढुवाजस्ता व्यावसायिक उन्नतिको अवसर उच्च हुने र उनीहरुले गोर्खा बिर्गेडमै पूरा २४ वर्ष सेवाअवधि पूरा गर्ने सम्भावना उच्च हुने ब्रिटिस रक्षा मन्त्रालयको भनाई छ ।

    सन् २०२० सम्म गोर्खा ब्रिगेडमा नेपाली महिलाहरूलाई पनि भर्ती गर्ने योजना बनाइरहेका बेला नेपालको एउटा संसदीय समितिले उक्त कार्य 'तुरून्त बन्द गराउन' निर्देशन दिएपछि ब्रिटिश सरकारको उक्त योजनाबारे अन्योल कायमै छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      काङ्ग्रेसको महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति गठन
      सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?
      'ज्यानमारा' भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अमेरिकामा उजुरी
      कावासोतीमा जैविक विविधता संरक्षण सम्बन्धि कार्यक्रम सम्पन्न
      सरकारद्वारा विप्लवमाथि धावा ! १७ नेता तथा कार्यकर्ता पक्राउ
      निर्मला हत्या प्रकरण : अदालतमा उपस्थित भए पूर्वएसपी विष्ट
      पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह घर फिर्ता
      नेकपाका वरिष्ठ नेता खनालको दोस्रो गीति एल्बम आउँदै
      सीके राउतको पार्टीको नाम ‘जनमत पार्टी’, को–को छन् समितिमा ?
      राजपाको विरोध पश्चात् प्रतिनिधिसभाको बैठक स्थगित
      ठगी अभियोगमा कानुन व्यवसायी गोपाल शिवाकोटी जेल चलान
      आज बिहानै गोरखा भूकम्पको परकम्प, मकवानपुर केन्द्रबिन्दु !
      अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने !
      काङ्ग्रेस केन्द्रीय समितिको बैठक केहीबेरमा बस्दै
      पृथकतावाद र विखण्डनवाद बन्द गर, तत्काल हतियार बुझाऊ : प्रधानमन्त्री
      सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि काङ्ग्रेसको ध्यानाकर्षण
      नेपालगञ्ज उपमहानगरलाई छिट्टै प्लाष्टिमुक्त बनाइने
      नेपाल-भारत पारवहन वार्ता : प्रतिनिधिमण्डल टोली नयाँदिल्लीमा
      परराष्ट्रमन्त्री ज्ञवाली सोमबार अर्जेन्टिना जाँदै
      नेपालको राष्ट्रिय गीतबाट सुरु भयो सीके राउतको बैठक
      “त्रिभुवन विमानस्थलको २ अर्ब बक्यौता किन उठेन ?”
      नारायणी नदीमा भएको फोहोरको कारण जलचर संकटमा
      राजपाद्वारा आज पनि संसद अवरुद्ध, यस्तो छ कारण !
      विप्लवका गतिविधिमाथि उच्च निगरानी, देशैभर प्रहरीको 'गस्ती'
      सहमति जुटेसँगै नेपाल पत्रकार महासङ्घको तालाबन्दी खुल्यो
      सिके राउतको बैठकमा कार्यकर्ताको मोबाइल निषेध, सुरक्षा व्यवस्था कडा
      वार्तामा आउन विप्लवलाई काङ्ग्रेस सभापति देउवाको आग्रह
      राष्ट्रपति स्वदेश फिर्ता : नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश
      कावासोतिमा जलवायु परिवर्तन अभिमुखिकरण कार्यक्रम सम्पन्न
      २०७६ सालमा सरकारले दिएको सार्वजनिक विदा जम्मा १५ दिन मात्र !
      Weather Forecast