बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    भारतकालागि नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २९ फागुन

    बुधबार भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले बुधबार अपराह्न त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । 

    नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । 

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि आफुसँग भएको शिष्टाचार भेटमा भारतका राष्ट्रपतिले शताब्दीऔं पुरानो नेपाल–भारत र दुई देशका जनताबीचको सम्बन्धको चर्चा गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति शुभेच्छा प्रकट गनुृभएको थियो । 

    त्यसअघि राजदूत आचार्यले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र नेपाली जनताका तर्फबाट राष्ट्रपति कोविन्दको व्यक्तिगत सुख, सुवास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast