होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    बैंक-बीमा

    सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २९ फागुन  

    अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उहाँले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भन्नुभयो । 

    डा खतिवडाले भन्नुभयो, “सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो । 

    नेपालमा पूर्वस्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक मात्रै भएको हुँदा मुलुकमा रहेका २८ वाणिज्य बैंकलाई समान अवसर प्रदान गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको बताउँदै उहाँले सबै बैंकलाई समान रुपमा प्रतिस्पर्धा गराउने ढङ्गबाट बैकिङ सञ्जाल विस्तार गर्नुपर्छ भन्नुभयो । 

    बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको विश्वास दिलाउँदै डा खतिवडाले भन्नुभयो, “कुनै पनि खातावालाको विवरणबाहिर जाँदैन, अदालत र राष्ट्र बैंकले मात्र आवश्यक परेका खण्डमा हेर्न पाउँछ, मुलुकभित्र मात्र विवरण रहन्छ, गोपनीय हुन्छन् । 

    “मुलुकमा सरकारी र निजी क्षेत्रका गरी दुईखाले बैंक रहे पनि ती सबै नेपाली बैंक नै हुन्, सरकारले सबै बैंकलाई समान व्यवहार गर्दछ, सरकारी काम सरकारी बैंकबाटै गर्नुपर्छ भनिरहँदा सरकारी बैंकको पहुँच नपुगेको अवस्थामा निजी क्षेत्रका बैंकमा लगानी हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो । 

    “कुनै खास निकाय वा संस्थाका पदाधिकारीले आफ्नो खाता सम्बन्धित बैंकबाट सञ्चालन गर्न चाहेमा त्यहाँबाट सञ्चालन गर्न अस्पष्ट र अन्योल हुनुपर्ने अवस्था छैन”, डा खतिवडाले भन्नुभयो । 

    यसअघि बैठकमा सांसद विन्दा पाण्डे, प्रेम सुवाल, भीमबहादुर रावल, खगराज अधिकारी, अनिलकुमार झालगायतले अर्थमन्त्रीसँग सिंहदरबारभित्र सरकारी बैंक किन स्थापना नभएको तथा सबै स्थानीय तहमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ भनी प्रश्न गर्नुभएको थियो । 

    यसैबीच वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव र वन्यजस्तु बासस्थानबीच देखिँदै आएको द्वन्द्व व्यवस्थापन गर्न सरकार समग्र योजना निर्माणमा जुटिरहेको बताउनुभएको छ । प्रतिनिसभाको बुधबारको बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी दिनमा झापा र बर्दियालगायत जिल्लामा हात्ती आक्रमणका घटना न्यूनीकरणका लागि ठीक ढङ्गबाट तारबार व्यवस्थापन गरिनेछ भन्नुभयो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछ : अर्थमन्त्री
      निकुञ्जमा आश्रित स्थानीयवासीको नगरपालिकाले बीमा गर्ने
      सञ्चालनमा रहेका २ ठूला विकास बैंक एकता प्रक्रियामा
      तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख
      स्वास्थ्यबीमा कार्यक्रम - गाउँगाउँमा बीमितको नाम दर्ता शुरु
      एनएमबी बैंकले ३ अर्बको ऋणपत्र बिक्री गर्ने
      स्वास्थ्य बिमा कार्यक्रम - चितवनमा सबैभन्दा बढी प्रभावकारी
      बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन
      झन्डै १२ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक
      नेपाल राष्ट्र बैंक : ५ अर्बको रिपो बिक्री गरिँदै
      स्वास्थ्य बीमाअन्तर्गत सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
      दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
      राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम, यसरी पाईन्छ अनुदानमा ऋण !
      कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा
      राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ
      सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग
      सिभिल बैंकले शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिंदै
      “बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलोपन हुनुपर्छ”
      जनता बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता
      सिभिल बैंक लिमिटेड र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता
      जनता बैंकको पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर, बैंकिङ्ग इकाई शाखामा रुपान्तरण
      ​आप्रवासी कामदारको निःशुल्क बीमा
      बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट, भूबनोटको समस्या
      ५ अर्बको रिपो बोलकबोल गर्दै राष्ट्र बैंक, सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह
      सिभिल बैंकको ‘सम्मान बचत खाता’ : शुन्य मौज्दातमै ७ लाखसम्मको निःशुल्क बीमा, उपचार खर्चसमेत
      नेपाल बैंकको नाफा १ अर्ब ६६ करोड, गत आवको ६ महीनाको तुलनामा १.४० प्रतिशत बढी नाफा !
      बैङ्कहरूको हुन् थाल्यो उल्लेख्य नाफा, कुन बैङ्कका लगानीकर्ताको सेयर आम्दानी कति ?
      सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्सबीच सम्झौता
      प्रदेश २ मा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान : अब छोरी जन्मिए १ लाखको बीमा
      वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा, २ सय १७ शाखाबाट सेवा सञ्चालन
      Weather Forecast