३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    लेख/संवाद

    देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

    बुधबार, २९ फागुन २०७५, नरबहादुर रिजाल .

    दैलेख, २९ फागुन

    दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हँुदा छाउगोठमा सर्पले डसेर ज्यान गयो । 

    तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै गहभरी आँसु पारेर धिर्जा भन्नुहुन्छ, “देवतालाई सन्तुष्ट बनाउने नाममा छाउगोठमा बस्छाँै, देवता खुशी बनाउने नाममा छोरीको मृत्यु भयो । 

    आफूपनि यसै मरिन्छ की भन्ने डर उहाँलाई छ । छाउगोठमा बसेर जीवन बिताउनुपर्ने बाध्यता एकातिर छ भने रजस्वलाको समयमा न पोसिलो खानेकुरा खान पाइन्छ, न त सुरक्षित बास । २०७५ साल असार २२ गते १९ वर्षीय छोरीको मृत्यु भएपछि धिर्जा देवताका नाममा महिलालाई गरिने विभेदका कारण छोरीको मृत्यु भएको बताउनुहुन्छ । 

    उहाँ जस्तै गुराँस गाउँपालिका–८ की लालीसरा खड्काले आफू रजस्वला हुन शुरु भएदेखि नै छाउगोठमा बस्दै आएको पीडा सुनाउनुभयो । रजस्वला भएका बेला विगत १५ वर्ष यता छाउगोठमा बस्दै आएको छु । 

    उहाँले छाउगोठमा बस्दा विभिन्न थरिका पीडा भोग्नुभएको छ । “त्यहाँ बस्दा सर्पलगायत अन्य विषालु जीवजन्तुको डर त छदैछ, मध्यरातमा मति बिग्रेका मानिस पनि छिर्नपछि पर्दैनन् ।” उहाँले भन्नुभयो, “छाउ भएका बेला पोसिलो खानेकुरा खानुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ भन्ने थाहा पाएर मात्र के गर्नु आफ्नो अवस्था सोचेजस्तो हँुदैन ।” 

    भैरवी गाउँपालिकाको–५ मा पर्ने दलित बस्तीमा छाउप्रथा मान्ने कुप्रथा झनै छ । त्यहाँका महिला तथा किशोरी रहरले भन्दा पनि बाध्यताले आफू रजस्वला भएका बेला छाउगोठमा बस्नु परेका बताउँछन् । सोही गाउँकी मनिसा नेपालीले भन्नुभयो, “हाम्रो गाउँमा रुढीवादी परम्परा यस्तै छ, घरभित्र बसे आमाबुबाले देवता रिसाउँछन् भन्नुहुन्छ, देवताले परिवारमा क्षति पु¥याउँछन् भनेर घरभित्र बस्न दिनुहँुदैन्, महिनावारी हुँदा हाम्रो बास गोठ या खुल्ला आकासमुनिको हो ।” 

    परिवारका अन्य सदस्यको दबाबका कारण पनि आफूहरु चिसो, तातो, सुरक्षित या असुरक्षित जे भए पनि आफूहरु केही नभनि छाउगोठमा बस्नु बाध्यता भएको बताउनुहुन्छ । सोही दलित बस्तीकी शान्ति विकले दुखेसो पोख्दै भन्नुभयो । 

    “छाउ भएका बेला परिवारका कारण घरमा बस्न पाइदैन्, वर्षाको समयमा त सर्पको साह्रै डर लाग्छ ।” घरपरिवारका बुढापाकाले महिनावारी हुँदा घरको दलानमा सम्म जान नदिने उहाँको भनाइ छ । 

    चामुण्डा बिन्द्रास नगरपालिकाकै–४ कि २४ वर्षीया लालसरा विकलाई पनि छाउगोठमै जीवन त्याग्नु प¥र्यो । छाउगोठमा बसिरहेका बेला उहाँको पनि सर्पले टोकेर मृत्यु भएको हो । विगतका वर्षमा पनि छाउगोठमै बसिरहेका बेला दैलेखका धेरै महिलाले ज्यान गुमाएका छन् । 

    यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लाका अधिकांश ग्रामीण बस्तीहरुका महिलाहरु रजस्वला भएको समयमा छाउगोठमै बस्ने गरेको तितो वास्तविकताले समाजलाई जिस्काइरहेको छ । सोहि दलित बस्तीमा करीब ६० घरधुरी बसोबास गरिरहेका छन् । 

    बिडम्बना, ति सबै घरमा अलग्गै छाउगोठ छ । सोही गाउँका दलित अगुवा खगेन्द्र नेपालीले समाजमा कुरीति घट्नुका साटो थप बढ्दै गइरहेको बताउनुहुन्छ । उहाँ भनुहुन्छ, “देउता लाग्ने भन्दै पहिलेदेखि नै छाउ वार्ने गरिएको छ, यसको अन्त्यका लागि भन्दै समाजमा धेरै कार्यक्रम भए तर नामका मात्रै ।” 

    “जिल्लाका ग्रामीण बस्तीमा पुगेर गरिएका अभियान लगायतका कार्यक्रमले उपलब्धीमूलक देखाउन सकेन्, पहिले गाउँ जस्तो थियो अहिले पनि त्यस्तै छ, कतिपय घटना अझै चर्चामा आउन सकेका छैनन्”, नेपालीले भन्नुभयो । 

    “छाउ उन्मूलनका लागि सरकारले जनचेतनामूलक सम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “त्यस्तो कार्यक्रम स्थानीयवासीको घरदैलोसम्म पुग्नुपर्छ र यसको अनुगमन पनि प्रभावकारी रुपमा हुनुपर्छ ।”

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast