३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    अावास-निर्माण

    ३ अर्बको लगानीमा निर्माण हुदै 'भ्यू टावर', पूर्वी नेपालकै रौनक

    बुधबार, २९ फागुन २०७५, –सुमन घिमिरे .

    उर्लाबारी, २९ फागुन

    झापा दमक नगरपालिका–३ का राजकुमार बानियाँलाई आफ्नै वडामा पौने तीन अर्बको लगानीमा दृश्यावलोकनस्तम्भ(भ्यू टावर) निर्माण हुने सुन्दा शुरुमा त उहाँलाई विश्वासै लागेन । 

    बानियाँलाई मात्रै होइन, छरछिमेकी र साथीभाईलाई समेत त्यति ठूलो लागतमा दृश्यावलोकनस्तम्भ निर्माण हुन्छ भन्ने विश्वास लागेको थिएन । तर २०७३ जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दृश्यावलोकनस्तम्भ निर्माणको शिलान्यास गरेपछि बानियाँ मात्र होइन, दमक नगरपालिका र छिमेकी स्थानीय तहका स्थानीयवासी पनि उत्साहित बनेका थिए । 

    प्रथमपटक ओली प्रधानमन्त्री हुँदा शिलान्यास भएको सो स्तम्भको निर्माण प्रक्रिया उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा बल्ल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत दमक नगरपालिका–३ मा दृश्यावलोकनस्तम्भ निर्माणका लागि अहिले सहरी विकास मन्त्रालयले ३५ दिने टेण्डर आह्वान गरेको छ । 

    स्तम्भ निर्माणका लागि स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्य पर्ने जग्गा दमक नगरपालिकालाई निःशुल्क दिएका छन् । स्थानीयवासीले विभिन्न मितिमा गरी गत असार १० गतेभित्रमा ५ बिघा जमीन नगरपालिकाको नाममा रजिष्ट्रेशन पास गरिदिएका छन् । 

    स्थानीयवासीले १० धुरदेखि एक बिघासम्म जमीन निःशुल्क उपलब्ध गराएका छन् । आफ्नै वडामा दृश्यावलोकनस्तम्भ निर्माणका लागि निःशुल्क जग्गा दिनुभएका शान्तिराम गौतमले भन्नुभयो, “आफ्नो ठाउँ मात्र नभएर समग्र झापा र पूर्वी मोरङकै विकासमा टेवा पुग्ने भएकाले यो योजनाको निर्माणका लागि जग्गा दिएका हौँ ।” 

    यो स्तम्भ निर्माण भएपछि दमकमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने गौतमको भनाइ छ । दृश्यावलोकनस्तम्भ अवलोकनका लागि मात्र नभएर पूर्णरुपमा व्यावसायिक हुने भएकाले दमकको समग्र क्षेत्रको विकासमा यसले टेवा पु¥याउने स्थानीयवासी शान्तिदेवी धिमालले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “टेण्डर आह्वानसँगै दृश्यावलोकनस्तम्भ निर्माण हुने निश्चित भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।” सो स्तम्भ निर्माणका लागि सहरी विकास मन्त्रालयले कुल रु दुई अर्ब ७२ करोड ५१ हजार ४८४ को लागत अनुमान गरेको छ । 

    पाँच बिघा क्षेत्रफलमा निर्माण हुने सो दृश्यावलोकनस्तम्भ अढाई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाउने कार्य भइरहेको हो । १८ तले स्थायी संरचनाको सो स्तम्भ ७२ मिटर अग्लो रहनेछ । जसमा २८ मिटर स्टिलको टावर रहने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । 

    दृश्यावलोकनस्तम्भमा अण्डरग्राउण्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल, कर्पोरेट कार्यालयलगायत रहनेछन् । दृश्यावलोकनस्तम्भ निर्माण हुने दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालले यसको निर्माणपछि नगरमा विकासका अन्य सम्भावना पनि खुल्ने बताउनुभयो । 

    “दृश्यावलोकनस्तम्भ गौरवको योजना हो”, उहाँले भन्नुभयो, “यसलाई सफल बनाउनु सबैको साझा दायित्व हो ।” ‘हाम्रो एउटा सपना पूरा हुने भयो’ बरालले भन्नुभयो, “यसले दमकलाई प्रदेश १ कै प्रमुख पर्यटकीय नगरको रुपमा विकास गराउनेछ ।” दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दृश्यावलोकनस्तम्भले पूर्वी नेपालकै रौनक बढाउने दाबी गर्नुभयो । 

    दमकलाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ नगरपालिका अघि बढेको बताउँदै प्रमुख ओलीले भन्नुभयो, “ दृश्यावलोकनस्तम्भले पूर्वी नेपालकै पर्यटन क्षेत्रको विकाशमा सहयोग पु¥याउँछ ।” दमकमा सो स्तम्भ निर्माण भएपछि यहाँको व्यापार व्यवसायको प्रवद्र्धन हुुनुका साथै पर्यटकीय गन्तव्यको रुपमा पनि विकास हुने नगर प्रमुख ओलीको भनाइ छ । 

    उहाँले दृश्यावलोकनस्तम्भ दमकका जनताको मात्र नभई प्रधानमन्त्री ओलीको पनि सपनाको आयोजना भएको सुनाउनुभयो । स्तम्भ निर्माण हुने स्थान पूर्वपश्चिम राजमार्गदेखि तीन किलोमिटर तथा दमकको मुख्य चोकदेखि ६ किलोमिटर उत्तरमा पर्दछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast