बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सरकारसँगको सहमतिबारे सीके राउत नबोल्दा कार्यकर्ता 'उकुसमुकस'

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    जनकपुर, २९ फागुन

    सरकार–सीके राउतबीच भएको ११ बुँदे सहमतिपछि राउतकै नेता कार्यकर्ता पनि के गर्ने भन्नेमा अन्योल देखिन्छन् । सहमति भएका दिन मधेसका विभिन्न जिल्लामा स्वतन्त्र मधेसको नारा लगाएका राउतका कार्यकर्ताले जनअभिमत शब्दलाई जनमतसङ्ग्रह भन्दै खुसियाली मनाएका थिए ।

    तर त्यसको सरकार पक्षले खण्डन गरेपछि उनीहरु दोधारमा परेका हुन् । उता राउतले समेत ११ बुँदे सहमतिको मर्म र भावनाबारे आफ्ना नेता कार्यकर्तालाई जानकारी गराउन नसकेकाले मिडियालाई समेत प्रतिकृया दिनबाट पछि हटिरहेका छन् ।

    तर एक दुई दिनभित्रै गठबन्धनको केन्द्रीय समिति वैठक बसेर सहमतिबारे ब्रिफिङ गर्ने र त्यसपछि कार्यकर्ताहरुमा परेको अन्योल, गठबन्धनको नाम र जनमत सङ्ग्रह तथा जनअभिमतबारे प्रस्ट्याउने तयारीमा राउत लागेका छन् ।

    ११ बुँदे सहमतिपछि डा. सीके राउतले आफ्नो अफिसियल वेबसाइटमा सरकारसँग सहमति भएको भन्दै स्वतन्त्र मधेस गठबन्धन खारेज भएको स्ट्याटस लेखेका थिए । तर सो स्ट्याटस पोस्टसँगै राउतका कार्यकर्ताले कडा प्रतिक्रिया जनाउन थालेपछि केहीबेरमै हटाइएको उनी निकटका एक समर्थकले बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast