होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    पर्यटन समाचार

    अनुकुल वातावरणको अनुसन्धान गरि रातो हाब्रे संरक्षण शुरु

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    रुकुम पूर्व, २९ फागुन 

    रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ । नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो । 

    मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र (हुरेडकार्स) नेपालसँगको सहकार्यमा रातो हाब्रे नेटवर्कले रातो सो अभियान शुरु गर्न लागेको हो । जिल्लाका पुथा उत्तरगङ्गा र सिस्ने गाउँपालिकाका विभिन्न जङ्गलमा रातो हाब्रे पाइने गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– २ को मुखाबा, अप्लैजा, सेङखोला, अर्खाजा, निवाबाङमा रातो हाब्रे पाइने गरेको स्थानीय भरतकुमार पुनले बताउनुभयो । 

    यसैगरी सिस्ने गाउँपालिका १ र २ नम्बर वडाको लेकाली क्षेत्रहरु खारा, गुप्ता, सागबारी, डलसिङे, तेलालीचौर, दोबइ लगातका ठाउँमा रातो हाब्रे पाइने स्थानीय हर्कबहादुर बुढाथोकीले बताउनुभयो । जिल्ला समन्वय समिति, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका, डिविजन वन कार्यालय लगायत जिल्लास्थित सरोकारवाला तथा स्थानीयसँग छलफल पश्चात अनुसन्धानको काम शुरु गरिने बताइएको छ । 

    रातो हाब्रे भए-नभएको अनुसन्धानपछि रातो हाब्रेको खाना निगालो र उसलाई बस्न अनुकुल वातावरण छ कि छैन भनेर पनि अनुसन्धान गरिने नेटवर्क कार्यक्रम संयोजक सरोज श्रेष्ठले बताउनुभयो । यसवर्ष जिल्लाको तीनवटै स्थानीय तहमा रातो हाब्रे भए-नभएको सर्भे गरिने बताइएको छ । 

    अभियानका लागि यस वर्ष रु १३ लाख ८५ हजार ९३० खर्च गरिने हुरेडकार्सका कार्यकारी निर्देशक प्रचण्ड मल्लले बताउनुभयो । जिल्लामा रातो हाब्रे भएको पुष्टि भएपछि स्थानीय सरकार, समुदाय, विद्यार्थीसँग मिलेर रातो हाब्रे संरक्षणको लागि चेतनामुलक कार्यक्रम गरिने उहाँले बताउनुभयो । रातो हाब्रेको चोरी सिकारी बढ्न थालेपछि रातो हाब्रेको संरक्षणमा सहयोग पुयाउने उद्देश्यले अभियान थालिएको मल्लले जानकारी दिनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने
      चारैतिर जङ्गल, बीचमा पोखरी, जहाँ यी बिभिन्न लोपोन्मुख माछा..
      अनुकुल वातावरणको अनुसन्धान गरि रातो हाब्रे संरक्षण शुरु
      सन् २०१९ - २ महीनामै २ लाख पर्यटकले गरे नेपाल भ्रमण
      पर्यटन गुरुयोजनाका लागि एकजुट, १० गन्तव्य छनोट
      ५० लाख तिरेपछि सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
      ढोरपाटनमा शिकार याम शुरु, १० नाउर र ४ झारलको कोटा
      कर तिर्ने भएपछि पोखरामा प्याराग्लाइडिङ फेरी सञ्चालन
      दुर्घटना नरोकिएपछि पोखरामा प्याराग्लाइडर उडान बन्द
      पोखरामा ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग
      पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन ‘सुदूरपश्चिम साइकलयात्रा’
      बिभिन्न भागमा हिमपात र बर्षा, पर्यटकहरु हिउँ खेल्न व्यस्त
      त्रिभुवन राजपथमा हिमपात, सवारी साधन आवागमन अवरुद्ध
      घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी
      सूर्यविनायक पर्यटकीय गन्तव्य, प्याराग्लाइडिङको उडान सफल
      निकुञ्जद्वारा हात्ती भाडामा प्रयोग गर्न प्रतिबन्ध
      गोदावरी - सुन्दर ठाउँको अवलोकनसँगै प्याराग्लाइडिङ मजा
      प्रकृतिको वरदान पोखरा, ‘सुन्दरतामा जहिल्यै मोहित हुने यो मन’
      पर्वतमा प्याराग्लाइडिङको मज्जा ! सफल उडान परीक्षण
      ‘भ्यालेन्टाइन डे’ दिवसका अवसरमा मायालु डाँडामा भिड
      जनवरीमै ९१ हजार पर्यटक आए, २६ प्रतिशतको 'ग्रोथ'
      कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध
      पन्ध्र गोही नदीमा, भारत पुग्ने चिन्ता !
      सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि
      जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण
      पर्यटकीय सम्भावना बोकेको आलिताल सरंक्षण र संवद्र्धनको पर्खाइमा !
      पर्यटकीय गन्तव्य ‘धरमपोखरी’, गौतमबुद्धकी आमा नुहाउने स्थल !
      नेपालको मिनि स्वीटजरल्याण्ड 'जिरी' आउने पर्यटकलाई अब ५० % छुट
      हिमपातले जनजीवनमा असर, यातायात सेवा अवरुद्ध, पर्यटकलाई भने हिउँ प्यारो [२० फोटो]
      चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेसँगै राजश्वमा पनि वृद्धि
      Weather Forecast