३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    कृषि-उर्जा

    तोरी क्षेत्रमा ८ सय २५ किसान आबद्ध, हावापानी र माटो उत्तम

    बुधबार, २९ फागुन २०७५, आहाखबर

    लमही, २९ फागुन 

    दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन)का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएको बताउनुभयो । 

    पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले उक्त क्षेत्रमा १८ सहकारीका किसान आबद्ध रहेको जानकारी दिनुभयो । पश्चिम दाङ तोरी उत्पादनका लागि हावापानी तथा माटो राम्रो भएकाले तोरी जोन बनाइएको उक्त क्षेत्रमा हाल ५० भकारो निर्माण प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । 

    तोरी जोन क्षेत्रमा सिँचाइका लागि अहिले १५ साना सिँचाइका आयोजना निर्माणकार्य जारी रहेको समेत उहाँले जानकारी दिनुभयो । करीब रु २२ लाख ५० हजार लगानीमा निर्माण हुनलागेका सिँचाइ आयोजनाले करीब ३०० हेक्टर क्षेत्रफलमा सिँचित गर्ने उहाँको भनाइ छ । 

    उहाँका अनुसार तोरी जोन क्षेत्रमा अहिले करीब ५० प्रतिशत मात्रै सिँचाइ सुविधा रहेको समेत बताउनुभयो । अहिले त्यस क्षेत्रमा प्रतिहेक्टर ०.१ मेट्रिकटन मात्रै तोरी उत्पादन भइरहेकाले त्यसलाई बढाएर प्रतिहेक्टर १ मेट्रिकटन पुर्याउने लक्ष्य रहेको वलीले बताउनुभयो । साथै त्यस क्षेत्रका १८ सहकारीका २८१ किसानलाई तोरी उत्पादन वृद्धिका लागि तालीम पनि दिइएको प्रमुख वलीको भनाइ छ । तोरी जोन क्षेत्रका किसानलाई अनुदानका लागि परियोजनाले रु ५३ लाख बजेट छुट्याएको थियो । तोरी जोनका लागि ११ कर्मचारीसमेत खटाइएको छ । जसमा उपसचिव, अधिकृत, प्राविधिक, लेखा, प्रशासन, कार्यालय सहयोगी खटाएको उहाँले बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast