होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    पर्यटक

    धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’, अब मजा लिन धेरै टाढा धाउन नपर्ने

    मंगलवार, २८ फागुन २०७५, –नारायण ढुङ्गाना .

    धुलिखेल, २८ फागुन 

    प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । 

    काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको पोखरापछि उक्त खेल यही फागुनदेखि धुलिखेलमा सञ्चालनमा आएको हो । धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । पुष्कर भण्डारी र मनोज श्रेष्ठले जिप लाइनको मजा लिँदै भन्नुभयो, “रमाइलो भयो, साहसिक खेलमा रमाउनेका लागि यो निकै महत्वपूर्ण लाग्यो, अझ ‘सुपरम्यान उड्दा थप मजा आउँछ ।” 

    कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, बस्ती साथै विभिन्न दृश्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् । 

    फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनलाई यो यो खेल उपयोगी छ । “हामीले एक महीनादेखि यो खेल सञ्चालमा ल्याएका छौँ, अर्को हप्ता उद्घाटन गर्ने योजना छ”, सञ्चालक केदार थापाले भन्नुभयो । उहाँका अनुसार पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीलगायतका ठाउँमा जाने आउने बाटो अरनीको राजमार्ग भएकाले त्यसको नजीक जिप लाइन शुरु गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको जिपलाइन उद्घाटन नहुँदै देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् । 

    धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म यहाँ रु चार करोड ७५ लाख लगानी भइसकेको छ । अझै निर्माणका क्रममा रहेकाले करीब रु सात करोड लाग्ने अनुमान गरिएको अर्का सञ्चालक भुपेश श्रेष्ठले बताउनुभयो । 

    उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ । 

    थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । 

    फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा आनन्द लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण पक्ष भनेको ‘सुपरम्यान’ हो । 

    यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताउनुभयो । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालाका लागि दुई जना भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका प्राविधिकले प्राविधिक परीक्षण गर्ने गरेका छन् । 

    तेह्र वर्ष उमेर माथिकालाई माथिल्लो र तेह्र भन्दा कम उमेरकालाई खावास्थित तल्लो स्टेशनमा जिप लाइन खेलाइन्छ । पन्ध्र वर्षका लागि २० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर साहसिक खेल शुरु गरिएको यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । खेलमा सहभागी हुने पर्यटकका लागि रु पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ रु दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको रु चार हजार ५०० शुल्क तिर्नुपर्छ । तस्बीर र भिडियोका लागि छुट्टै शुल्क लाग्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया
      निकुञ्जमा विशेष सुरक्षा अभियान, अब यसरी गरिन्छ गस्ती !
      रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
      धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’, अब मजा लिन धेरै टाढा धाउन नपर्ने
      घरवास कार्यक्रमले गाउँमा उत्साह, पर्यटन प्रवद्र्धनमा नयाँ आशा
      जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुनमा रमाउँदै पर्यटक
      पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा
      पूर्वाधारको अभाव भएपनि सोलेडाँडामा पर्यटक दिनानुदिन बढ्दै
      मनोरम हिमशृङ्खलाका मनोरम दृश्य
      सेतीमा जलयात्रा बढ्दै, पर्यटक भीड
      पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, विदेशी पर्यटकको मृत्यु
      सुर्खेत बुलबुल ताल हेर्न पर्यटकको बाक्लो भीड
      हात्ती सफारी गर्दै पर्यटक, सौराहामा के-के छन् सुविधा ?
      पदमार्ग निर्माणसँगै आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’
      हिउँले भरीएको तिमाङ गाउँमा पर्यटकको ओईरो
      आन्तरिक पर्यटन वर्षमा १५ लाख पर्यटन भित्र्याइने
      अलपत्र परेका ७ सय पर्यटकको कालिञ्चोकबाट उद्धार
      विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५ औं स्थानमा
      सयौं पर्यटकहरुको एउटै ठाउँ गजेन्द्रमोक्ष धाम
      आन्तरिक पर्यटकहरु हिउँमा देउडा खेलेर रमाउँदै
      महोत्सवको आकर्षण ट्राउट माछा
      एक पटक पुग्नै पर्ने ठाउँ पञ्चकोट, एकै दिन हजार पर्यटक
      भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी, व्यापक छलफल हुँदै
      पातारासी हिमाल जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नै पर्ने ठाउँ !
      सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था
      प्रकृतिकलाई नियाल्न एकपटक पुग्नै पर्ने ठाउँ मानहुँकोट, पर्यटकीय रुपमा विकास हुँदै
      धर्म र पर्यटनलाई जोड्दै रामकोट धाम, यस्तो छ नयाँ स्वरूप दिने लक्ष्य
      स्थानीयवासीको फरक शैली र जुक्ति ! पर्यटक आकर्षित गर्न बजारैपिच्छे पहिचानका स्तम्भ
      कञ्चनपुरको भम्केश्वर मन्दिर आउने आन्तरीक पर्यटक बढे [भिडियो सहित]
      आमा समूहको सक्रियतामा घरबास, पर्यटक व्यापक भित्राउने आश
      Weather Forecast