होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    लेख/संवाद

    “त्यो कविता मेरो हैन, यहाँ त पीडाको व्यापार पो गरिएछ”

    मंगलवार, २८ फागुन २०७५, – जमुनावर्षा शर्मा .

    चिप्लेढुङ्गा, २८ फागुन 

    तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गर्नुभएको छ । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो”, भट्टराईले राससलाई भन्नुभयो । 

    “भेट्न आउनेहरुले कविता(आकाश कालो दिनै धुम्म, मंगलबार फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र...)को कुरा गर्नुहुन्थ्यो । म छक्क पर्थँे, कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा पनि लेख्दिन । पीडामा भएको मान्छे कतिलाई स्पष्टीकरण दिएर बसूँ ? जवाफ दिने अवस्थामा पनि थिइन । अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरे, पीडाको व्यापार पो गरिएछ ।” 

    आफूमाथि गलत तरीकाबाट सहानुभूति राखिएकामा उहाँले दुःख प्रकट गर्दै आफूबाट पाथीभरामाईको पूजा सामग्री तयार गरिएको भन्ने कुरा पनि सर्वथा झुटो भएको बताउनुभयो । अधिकारी–भट्टराईका छोरा विराजले फागुन १५ गते अपराह्न ४ बजेतिर सामाजिक सञ्जालमा पोष्ट भएको उक्त भिडियो अहिले हटाइएको बताए । उनले भने “आधिकारिक रुपमा १.४५ बजे दुर्घटनाको समाचार बाहिर आएको छ, ४ बजेको वरिपरि भ्रम सिर्जना गर्ने गरी ममीको नामको कविता र स्वर भन्दै सामाजिक सञ्जाल र युट्युबमा राखिएको रहेछ । हामी शोकमा थियौँ, तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्था पनि थिएन, ममीले अहिले बल्ल सुन्नुभयो ।” 

    “पाथीभरा जाने कुरा नै थिएन । पाथीभराको कुरा किन ल्याइयो ? घटना भएको दुई तीन घण्टाभित्र नै किन यस्तो कविता र स्वरसहितको भिडियो बाहिरै ल्याइयो । लेख्न र रेकर्ड गर्न पनि त केही समय लाग्यो होला । एकदम रहस्यमय लागिरहेको छ”, विराजले भने “यो कस्तो देश हो जहाँ पीडालाई शब्दमा ढालेर सहानुभूतिको व्यापार गरिन्छ । जसले यो काम गर्नु भएको हो उहाँको खोजी हुनुपर्छ र छानबीन गरिनुपर्छ ।” 

    अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले सामाजिक सञ्जालमा भट्टराईका नामबाट सार्वजनिक गरिएको कविता अडियो भिडियो भन्दै सार्वजनिक गर्नेलाई तत्काल छानबीनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । आचार्यले भन्नुभयो “यो परिवार र आफन्तजनको समवेदनामाथिको प्रहार हो । विशेष गरी युट्युबमा पछिल्लो समय विभिन्न उत्तेजित र भ्रम सिर्जना गर्ने शीर्षक राखेर सब्सक्राइब गर्ने नराम्रो प्रचलन बढेको छ । यसमा विद्या भट्टराई पनि पर्नुभयो । यो साह्रै निन्दनीय छ । यी र यस्ता खालका गतिविधि तत्काल रोक्न र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।” 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      डिल्लीबजार कारागार : भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या
      देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै
      साफ महिला च्याम्पियनसिप फुटबल - नेपालको सुखद सुरुवात
      “त्यो कविता मेरो हैन, यहाँ त पीडाको व्यापार पो गरिएछ”
      आमा ! म छाउघर जानै पन्र्या हो ?
      अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : श्रम ज्यादा, ज्याला कम
      अन्तर्राष्ट्रिय महिला दिवस, लैङ्गिक समानतामुखी कार्यक्रममा जोड
      कथामा सङ्ग्रह ‘पल्टनेको फोटो’ बजारमा
      "केटी पनि केटा बराबर भएर हरेक काम गर्न सक्छन् "
      यस्ता छन् जीपलाइन खेलमा युवाको आकर्षण बढ्नुका कारण
      सरकारको एक वर्ष : महिला, बालबालिकाको क्षेत्रमा उल्लेख्य काम
      एचआइभी सङ्क्रमित युवतीलाई टेक्ने ठाउँ भएन
      राउटे समुदायको दयनिय जीवनशैली : १२ वर्षमै बिहे !
      विभेदले थिचिएकी लोकगायिका डिक्रा, दलितभित्र पनि बहिष्करण ?
      सुन्दर पोखराको पहिचान जोगाउने चुनौती थपिँदो
      लैङ्गिक अल्पसङ्ख्यक अधिकारका सवालमा नेपाल दक्षिण एशियामै अगाडि
      उत्तरकुमार वलीको राजनीतिक यात्रा, विद्यार्थी जीवनदेखि सांसद पदसम्म !
      महिलाका बाध्यता : हिंसा सहन्छन्, तर उजूरी दिँदैनन्
      दशावतार बालन जोगाउँदै रामपुरवासी
      आफ्ना २ छोरालाई चटक्कै छोडेर अर्कैसँग घरजम...
      'भ्यालेन्टाइन्स डे' के हो ? किन मनाइन्छ ? यस्तो छ रोचक कथा
      दिदीबहिनी लक्की, डिक्की र निक्कीको आत्मकथा बजारमा
      महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै
      एउटै चाहना : अपेक्षीलाई खाना, नाना र छाना
      नेपाल-अमेरिकी सम्बन्धमा भूकम्पीय धक्का ! कस्तो क्षति पुग्न सक्छ ?
      २५ हजार जुम्ली शब्दकोश तयार, ‘खसिया आखर’ शब्द प्रमुख प्राथमिकतामा
      असक्त, असहाय र छाडा कुकुरकी आमा ‘बीना’, कुकुरको लागि यस्तोसम्म गरिन्
      ऐतिहासिक कर्मकुमारी धारा संकटमा, राणा प्रधानमन्त्रीको नासो मेटिदै !
      युवाहरु पोको-पुन्तरो च्यापेर बिदेशिन बाध्य, ‘साच्चै’ कहिले बन्ला नयाँ नेपाल ?
      न हात, न खुट्टा तर काध भरी जिम्मेवारी ! आफैँले पाल्नुपर्ने बुबाआमा र दूधे बालबच्चाको विचल्ली
      Weather Forecast