३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    ब्राण्ड/संगठन

    सहकारीको सङ्ख्या घटाउन सुझाव

    मंगलवार, २८ फागुन २०७५, आहाखबर

    काठमाडौँ, २८ फागुन 

    पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । 

    नेपाल सहकारी पत्रकार समाजले मंगलवार यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छलफलमा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले सङ्ख्यात्मक रुपमा वृद्धि गर्नुभन्दा गुणात्मकतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्ट्रार शिवकुमार कार्कीले सहकारी एकीकरण गर्नु चुनौती र आवश्यकता दुवै रहेकाले सञ्चालक सदस्यको खुशीमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभयो । 

    “विभागले निकट भविष्यमानै बढी सहकारी भएको ३५ जिल्लामा एकीकरणको सकारात्मक पक्षसहितको विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ”, उहाँले भन्नुभयो । कामपा सहकारी विभागका प्रमुख नमराज ढकालले महानगरमा रहेका एक हजार ८०० सहकारीलाई घटाएर ७०० मा ल्याउने प्रक्रिया शुरु गरिएको बताउनुभयो । 

    कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न सहकारीबाट आएका प्रतिनिधिले सहकारी एकीकरण गर्ने विषयमा आफूहरुलाई जानकारी नभएकाले सर्वप्रथम त्यसबारे जानकारी गराउन अनुरोध गरेका थिए । एकीकरण भएपछिको संस्थाको भविष्यसहित कार्ययोजना आफूहरुलाई थाहा हुनुपर्ने कार्यक्रमका सहभागी सहकारी सञ्चालकले बताएका थिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष दिपक पनेरुले सहकारी एकीकरण गर्न अत्यन्तै आवश्यक भएको बताउनुभयो । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था रहेको तथ्याङ्क छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast