बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    महान्यायाधिवक्ताकै अगाडि नेकपा सचेतक चौधरी बेहोस भएर ढलेपछि

    मंगलवार, २८ फागुन २०७५, आहाखबर

    दाङ, २८ फागुन

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरी एउटा दाङमा आयोजित एउटा कार्यक्रममा बेहोस भएकी छन्।

    दाङको तुलसीपुरमा उच्च सरकारी वकील कार्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन सकिएलगत्तै सचेतक चौधरी बेहोस भएकी हुन्।

    उच्च सरकारी वकील कार्यालयको उद्घाटन महान्यायाधिवक्ता अग्नि खरेलले गरेका थिए, सचेतक चौधरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित थिइन्।

    उद्घाटन कार्यक्रममा मन्तव्य ब्यक्त गरेपश्चात बेहोस भएपछि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो।

    उपचारपछि उनी होसमा आएको बताइएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast