होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    पर्यटक

    घरवास कार्यक्रमले गाउँमा उत्साह, पर्यटन प्रवद्र्धनमा नयाँ आशा

    मंगलवार, २८ फागुन २०७५, आहाखबर

    बागलुङ, २८ फागुन 

    घरवास (होमस्टे) कार्यक्रम शुरु भएपछि काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेवासी उत्साहित भएका छन् । गाउँको पर्यटन प्रवद्र्धनमा घरवासले नयाँ आशा जगाएको छ । 

    स्थानीय उत्पादन, संस्कृति र खानपानसहितको सेवा घरवासमा उपलब्ध गराउने योजना गाउँलेको छ । घरवासमा जोडिएका चौध घरमा चार चार जनाका दरले पर्यटक राख्न सकिने जनाइएको छ । 

    घरवासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको तयारी भइरहेको ‘बेलढुङ्गा सामुदायिक घरवास’ सञ्चालक समितिका अध्यक्ष टेकबहादुर पुनले बताउनुभयो । घरवास प्रर्वद्धनका लागि गण्डकी प्रदेश सरकारले रु दश लाख अनुदान उपलब्ध गराएको छ । 

    ‘पर्यटनमैत्री हिसाबले कोठा, फर्निचर, शौचालय बनाउँदैछौँ’ अध्यक्ष पुनले भन्नुभयो, “छिट्टै विधिवत् रुपमा सेवा शुरु हुन्छ ।” पारिवारिक वातावरणमा खाना, आवाससँगै पर्यटकले नजिकका पर्यटकीय गन्तव्यस्थल घुम्ने अवसर पाउनेछन् । 

    मगर बाहुल्य रहेको ओखले गाउँ कला, संस्कृतिका हिसाबले पनि धनी छ । रैथाने संस्कृति, रहनसहन बुझ्न, हेर्न चाहने पर्यटकलाई पनि घरवासले आकर्षित गर्ने देखिन्छ । स्थानीय उत्पादनलाई पनि घरवाससँग जोडिने घरवास सञ्चालक गोपाल श्रीसले बताउनुभयो । 

    ‘ओखलेलाई जैविक गाउँ घोषणा गर्ने तयारी छ’ उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकलाई स्थानीय खाना खुवाउँछौँ ।” यहाँको मुख्य उत्पादन आलु, भाँगो, फापर, मकै र कोदो हो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा पनि घरवासले टेवा पुग्ने विश्वास गरिएको छ । 

    समुद्री सतहदेखि दुई हजार ३०० मिटरको उचाइमा पर्ने ओखले प्राकृतिक हिसाबले पनि मनोरम छ । ओखलेदेखि एक घण्टाको पैदलयात्रामा ‘बेलढुङ्गा’, स्वर्गाश्रमजस्ता पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) रुपमा चिनिने बेलढुङ्गाबाट दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ । 

    घरवास सञ्चालकले अनुभव र सिकाइका लागि तालीम, भ्रमणमा जाने योजना पनि बनाएका छन् । पर्यटकलाई आकर्षित गर्न खाना, आवास, सरसफाइ, आतिथ्यता लगायतका सेवालाई स्तरीय बनाइने भएको छ । 

    गाउँमा पर्यटन विकास गर्न सके बसाइँसराइ रोक्न सकिने वडा अध्यक्ष यामबहादुर श्रीसको भनाइ छ । ‘पर्यटनलाई उद्यमशीलतासँग जोडौँ’ उहाँले भन्नुभयो, “गाउँलेको आर्थिक अवस्था उकास्न सकिन्छ ।” 

    ओखलेसँगै काठेखोला गाउँपालिकाका आठ स्थानमा घरवास कार्यक्रम शुरु भएको छ । गाउँमा पर्यटक भित्र्याउने लक्ष्यसहित घरवास चलाउन गाउँले कस्सिएका हुन् । वडा नं ७ रेशमा बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक गरी चार घरवास सञ्चालनको तयारीमा छन् । 

    यस्तै वडा नं. ५ बिहुँ, थाम्डाँडामा शिवधुरी, वडा नं. ८ लेखानी र वडा नं ४ तङ्ग्रामको फापरखेत, झुलेनीमा सामुदायिक घरवास कार्यक्रम शुरु भएको हो । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र तीन सय घरवास सञ्चालन गर्ने योजना ल्याएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया
      निकुञ्जमा विशेष सुरक्षा अभियान, अब यसरी गरिन्छ गस्ती !
      रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै
      धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’, अब मजा लिन धेरै टाढा धाउन नपर्ने
      घरवास कार्यक्रमले गाउँमा उत्साह, पर्यटन प्रवद्र्धनमा नयाँ आशा
      जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुनमा रमाउँदै पर्यटक
      पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा
      पूर्वाधारको अभाव भएपनि सोलेडाँडामा पर्यटक दिनानुदिन बढ्दै
      मनोरम हिमशृङ्खलाका मनोरम दृश्य
      सेतीमा जलयात्रा बढ्दै, पर्यटक भीड
      पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, विदेशी पर्यटकको मृत्यु
      सुर्खेत बुलबुल ताल हेर्न पर्यटकको बाक्लो भीड
      हात्ती सफारी गर्दै पर्यटक, सौराहामा के-के छन् सुविधा ?
      पदमार्ग निर्माणसँगै आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’
      हिउँले भरीएको तिमाङ गाउँमा पर्यटकको ओईरो
      आन्तरिक पर्यटन वर्षमा १५ लाख पर्यटन भित्र्याइने
      अलपत्र परेका ७ सय पर्यटकको कालिञ्चोकबाट उद्धार
      विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५ औं स्थानमा
      सयौं पर्यटकहरुको एउटै ठाउँ गजेन्द्रमोक्ष धाम
      आन्तरिक पर्यटकहरु हिउँमा देउडा खेलेर रमाउँदै
      महोत्सवको आकर्षण ट्राउट माछा
      एक पटक पुग्नै पर्ने ठाउँ पञ्चकोट, एकै दिन हजार पर्यटक
      भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी, व्यापक छलफल हुँदै
      पातारासी हिमाल जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नै पर्ने ठाउँ !
      सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था
      प्रकृतिकलाई नियाल्न एकपटक पुग्नै पर्ने ठाउँ मानहुँकोट, पर्यटकीय रुपमा विकास हुँदै
      धर्म र पर्यटनलाई जोड्दै रामकोट धाम, यस्तो छ नयाँ स्वरूप दिने लक्ष्य
      स्थानीयवासीको फरक शैली र जुक्ति ! पर्यटक आकर्षित गर्न बजारैपिच्छे पहिचानका स्तम्भ
      कञ्चनपुरको भम्केश्वर मन्दिर आउने आन्तरीक पर्यटक बढे [भिडियो सहित]
      आमा समूहको सक्रियतामा घरबास, पर्यटक व्यापक भित्राउने आश
      Weather Forecast