बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    सभापति देउवा उठाए वाइड बडी र एनसेल प्रसंग

    मंगलवार, २८ फागुन २०७५, आहाखबर

    पोखरा, २८ फागुन 

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलवार यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताउनुभयो । 

    सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाउनुभयो । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो । उहाँले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राख्नुभयो । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उहाँको आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast