होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    धर्म-संस्कृति

    देवघाटधाममा शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

    मंगलवार, २८ फागुन २०७५, आहाखबर
    फाइल फोटो

    काठमाडौँ, २८ फागुन 

    चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । 

    आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’को तयारी तीव्र पारिएको मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिनुभयो । 

    महायज्ञको विषयमा सोमबार चितवनबाट आई काठमाडौँमा पत्रकारिता गरिरहेका पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा उहाँले देशकै सम्पत्तिको रूपमा रहेको देवघाटधाममा निर्माण हुने शिवको मूर्तिले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको बताउनुभयो । 

    पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा देवघाटधाम संरक्षण प्रतिष्ठानले महायज्ञको आयोजना गर्दैछ । महायज्ञबाट करीब रु पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत छ । देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ । 

    तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र रु ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । 

    अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिनुभयो । महायज्ञमा रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र रु पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षक बनाइने आयोजकको भनाइ छ । 

    सरकारबाट रु ५० लाख सहयोग भए पनि अर्थसँगै धातुको अभाव भएको बताइएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नकुल अर्यालले चितवनबाट काठमाडौँमा आई पत्रकारिता गर्ने पत्रकारहरुका लागि यो कार्यक्रम ठुलो अवसर भएको उल्लेख गर्दै प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    महायज्ञका मिडिया संयोजक नारायण ढुङ्गानाले देशकै नमूना कामका लागि सञ्चारमाध्यमले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । प्रतिष्ठानका संरक्षक बालकृष्ण अर्यालले देवघाटमा निर्माण हुन लागेको अष्टधातुको शिवमूर्ति, देशको गहनाको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      मगर जाति हुर्रा नाच संरक्षणको अभियानमा
      देवघाटधाममा शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ
      रैथाने धर्मको संरक्षणका लागि धार्मिक सहृदयता सम्मेलन
      सांस्कृतिक विविधता नेपालको पहिचान, ग्याल्बो ल्होसारको शुभकामना : प्रम
      थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
      महायज्ञबाट ७५ लाख सङ्कलन, मन्दिरको पुनःनिर्माण गरिदै
      महायज्ञमा ४ करोड ८४ लाख सङ्कलन
      पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड
      पशुपतिनाथमा माछामासु, गाँजा बिक्रीवितरण र सेवन निषेध
      महाशिवरात्रिको चहलपहल - पशुपति क्षेत्रमा ६ हजार साधुसन्त
      महाशिवरात्री पर्वलाई लक्षित गर्दै सिद्धबाबा मन्दिर सजाइँदै
      परम्परालाई तोड्दै बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी
      पशुपतिमा शिवरात्रिको तयारी शुरु, भारतीय साधुको आगमन
      धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : गगन थापा
      देवघाटनमा शिवको मूर्ति बनाउन पशुपतिमा धातु सङ्कलन
      झापामा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम, १ लाख पर्यटक भित्र्याइने !
      एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पाँचौँ महायज्ञ शुरु
      कालिका मन्दिरमा विवाहमा कडाइ, २० वर्ष पुग्नै पर्ने व्यवस्था
      हनुमानघाटमा माधवनारायणको व्रत सम्पन्न
      आज माघ शुक्ल पूर्णिमा, श्रीस्वस्थानी व्रतकथा समाप्ति
      परम्परा धान्नै गाह्रो : विवाह भन्दा व्रतबन्ध खर्चिलो !
      विद्यालयमा महायज्ञ, प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्य
      राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण [फोटो फिचर]
      सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै
      धर्मगुरु पोप फ्रान्सिस भन्छन्, ‘पादरीहरूले ननहरूलाई यौन दासी बनाए’
      यस वर्ष यसरी मनाइयो सोनाम ल्होछार [फोटो सहित]
      सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छः प्रधानमन्त्री ओली
      ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाङ्काल मन्दिर जीर्णोद्धारका लागि सहयोग सङ्कलन !
      ज्येष्ठ नागरिक र अशक्तलाई मध्यनजर गर्दै विन्ध्यवासिनी मन्दिरमा विद्युतीय भर्‍याङ
      काठमाडौँको श्रीखण्डमूल महाविहारमा मिलापुन्हीका अवसरमा बौद्ध स्तोत्रपाठ तथा धर्मदेशना
      Weather Forecast