३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    कला-सौन्दर्य

    बाल कलाकार अशोक र एआरले जिते बाजुराका दर्शकको मन

    आईतवार, २६ फागुन २०७५, आहाखबर
    बडीमालिका कला केन्द्र बाजुराले आयोजना गरेको प्रथम बडीमालिका बृहत् सांस्कृतिक कार्यक्रममा बाल कलाकार एआर बुढाथोकी र अशोक दर्जी हेर्न आएका दर्शक । सांस्कतिक कार्यक्रम फागन २३ गतेबाट सुरु भएको हो । तस्वीर : प्रेम रौले, बाजुरा, (मार्तडी)

    बाजुरा, २६ फागुन  :

    उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् ।

    हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो । 

    अशोक र एआरसँग फोटोे खिचाउनेको भीड थाम्न स्वयंसेवक र प्रहरीलाई हम्मेहम्मे परेको थियो । कार्यक्रममा चर्चित देउडा गायक प्रकाश थापा, प्रमोद डिजी, हर्क खडायत, रोशनी रोकायासहितका स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए । 

    परिचयबाट मञ्च सम्हालेका उनीहरूले आमाभन्दा राम्री कोही छैनन्, संसारमै गीतबाट प्रस्तुति शुरु गरेका थिए । गाउँदा, नाच्दा र संवाद बोल्दा दर्शक मख्ख देखिन्थ्ये । मनविनाको धन ठूलो कि धनविनाको मन र आमाभन्दा राम्री कोही छैन् संसारमै बोलको गीत गाउँदा दर्शक शान्त बनेका थिए । 

    लाग्थ्यो दर्शक गीतको सङ्गीतमा झुमेका मात्र थिएनन्, शब्दको गहिराइमा डुबेका थिए । सानै उमेरमा देखिएको प्रतिभा र भावयुक्त गीतमा केही दर्शकका आँखा नै रसाएका देखिन्थे । गीत गाउँदा बीचबीचमा टङ्क बुढाथोकीले पनि साथ दिएका थिए । प्रस्तुतिका लागि तीनै एकसाथ मञ्चमा देखिए पनि अशोक र एआरले नै दर्शकको मन जिते । 

    अशोक र एआरको प्रस्तुति हेर्न तीन दिनदेखिको प्रतिक्षा पनि दर्शकले मेटाएका छन् । मनोरञ्जन र कला संस्कृतिको प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो । तीनै जनाले एकसाथ गाइरहँदा सँगै गाउन र नाच्नमा दर्शकले खुलेरै साथ दिएका थिए । 

    कार्यक्रम फागुन २३ गतेबाट शुरु भई शनिबार सम्पन्न भएकोे छ । तेस्रो दिन अशोक, टङ्क र एआरसहित अमृता लामिछाने र मोडल दिव्यानी बोहराले पनि प्रस्तुति दिएका थिए । अशोक र एआरसँग फोटोे खिचाउनेको भीड थाम्न स्वयंसेवक र प्रहरीलाई हम्मेहम्मे परेको थियो । कार्यक्रममा चर्चित देउडा गायक प्रकाश थापा, प्रमोद डिजी, हर्क खडायत, रोशनी रोकायासहितका स्थानीय कलाकारले पनि प्रस्तुति दिएका थिए । 

     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast