३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    प्रेरक प्रसँग

    श्रीमान्-श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस

    शनिबार, २५ फागुन २०७५, आहाखबर

    मेलम्ची, २५ फागुन :

    हेलम्बु गाउँपालिकाका महिलाले आफूले स्याहार गरेको जमीनको अधिकार श्रीमान् र श्रीमतीको संयुक्त लालपुर्जा बनाएर अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन् । 

    किसान महिला तथा पुरुषले जमीनमा बराबर काम गरे पनि जमीनको स्वामित्व भने पुरुषको मात्र भएकाले यस दिन उनीहरुले मालपोत टोली गाउँमै आएको बेलामा संयुक्त पुर्जा बनाएका हुन् । हेलम्बु गाउँपालिकाको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बुमा संयुक्त पुर्जा निर्माण शिविरमा २१५ जोडी श्रीमान्श्रीमतीले संयुक्त पुर्जा बनाएका छन् । 

    संयुक्त लालपुर्जा निर्माण शिविरमा मालपोत अधिकृत शान्ता बस्न्यातले किसान महिला पुरुषलाई लालपुर्जा हस्तान्तरण गर्दै यो श्रमिक महिलालाई उत्साह थप्ने अभियान भएकाले मालपोत कार्यालयले गाउँमै पुगेर सहयोग गरेको बताउनुभयो । सरकारले रु १०० राजश्वमा संयुक्तपुर्जा निर्माण गर्न सकिने नीति ल्याएको छ तर सर्वसाधारण भने यसको बारेमा जानकार छैनन् । सो शिविरले सरकारले महिलालाई अधिकार दिने नीति ल्याएको छ भन्ने सन्देश दिएको छ । 

    आफूले स्याहारेको जमीनको अधिकार पाएपछि खुशी हुँदै हेलम्बु गाउँपालिका–४, महाँकालकी गोमादेवी तामाङले बल्ल आफूले गरेको श्रमको सम्मान भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँ त्यो घरमा विवाह भएपश्चात् श्रीमती, बुहारी, आमा बन्नुभयो ।

    यसरी उहाँको क्रमशः नाता जोडिँदै गयो । तर उहाँ त्यो घरको सम्पत्तिसँग जोडिनुभएको थिएन । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस उहाँलाई थाहा नभएपनि त्यसै दिन उहाँले जमीनको अधिकारसँग पनि जोडिने मौका पाउनुभयो । 

    सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले भूकम्पपश्चात् पनि भूमिमा महिला स्वामित्वका लागि निरन्तर अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत हेल्भेटास नेपालसँगको साझेदारीमा हेलम्बु गाउँपालिकामा केन्द्रित गरेर संयुक्त पुर्जा निर्माण अभियान सञ्चालन गरेको छ ।

    उक्त अभियानअन्तर्गत आत्मनिर्भर केन्द्रले जिल्ला मालपोत कार्यालयसँग सहकार्य गरेर समुदायमै टोली ल्याई हेलम्बु गाउँपालिकाको १५ वटा स्थानमा संयुक्त पुर्जा निर्माण शिविर राखी संयुक्त पुर्जा बनाउन सहजीकरण गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast