३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    ओएमजी Omg!

    अमेरिकासँग छन् यस्ता शक्तिशाली हतियारहरु, जसले विश्व काँप्छ (तस्विरसहित)

    शुक्रबार, २४ फागुन २०७५, आहाखबर

    काठमाडौ, २४ फागुन । 

    अहिले विश्वका विभिन्न राष्ट्रहरु आफुसँग भएको शक्तिशाली हतियारहरुको कारण एकअर्कामा शक्ति प्रर्दशन गदै डराइरहेका छन् । शक्तिशाली राष्ट्र अमेरिकाको १० शक्तिशाली हतियारको जुन ज्यादै खतरनाक छ । 

     

    १. टेजर सकवेभ

    टेजरले बनाएको यो गन २००८ मा सार्वजनिक गरिएको थियो । गाडीमा समेत राखेर प्रयोग गर्न सकिने यो गनले मानिसको भिडलाइ नै करेन्ट सक्ने भएकाले करिब २५ फिट टाढाबाटै प्रयोग गर्ने सकिन्छ ।

     

    २. ब्लाक नाइट

    बिएइ सिस्टमसले नै बनाएको यो गन २००८ मा सार्वजनिक गरिएको हो । ३०० हर्सपावर को इन्जिन र ३० मिलिमिटर को क्यानन भएको यो गनले अटोमेटेड नेभिगेसन सफ्टवेयरको सहायता ले बिना मान्छे बाटो पत्ता लगाउन सक्छ । किनभने यो रिमोटबाट चलाउन सकिने भएकाले मान्छेलाइ धेरै खतरा हुने मिसनमा प्रयोग हुन्छ ।

     

    ३. द एक्टिभ डिनाएल सिस्टम


    रथियोनले बनाएको यो गन २००८ मा नै सार्वजनिक गरिएको थियो । यो हतियारमा राडार र माइक्रोवेभको प्रविधि अपनाएको हुनाले विधुतचुम्बकिय वेभ सुट गर्न सकिन्छ । यसमा मिलिटरि नाम नै ‘गुडबाइ वेपन’ राखिएको हुनाले धेरै पिडा हुन्छ ।

     

    ४. द लेजर एभेन्जर


    बोइङ (बिए)ले बनाएको यो हतियार २००९ मा सार्वजनिक गरिएको थियो । आखाँले देख्न नसकिने यो हतियार इलेक्ट्रिक स्टोभ भन्दा २० गुणा तातो हुन्छ । जसले ठुला ठुला ट्याकंहरु लाईपनि सजिलै काट्न सक्छ । जसमा केहि सेन्टिमिटर व्यास भएको लेजर हुन्छ ।

     

    ५.मार्स रोबोट


    किनेटिक क्यु क्युले बनाएको यो हतियार २००९ मा सार्वजनिक गरिएको थियो । यो रोबोटमा यमबि–२४० मेसिन गन, ४० मिमि को ग्रिनेड लन्चर, अन्धो बनाउन सक्ने लेजर, वा अन्य गनहरु लोड पनि गर्न सकिन्छ । यो हतियार बम डिस्पोज गर्न बनाएको हो ।


    ६. एक्सयम–२०१० इन्हान्सड स्नाइपर राइफल


    रेमिनग्टनले बनाएको यो गन २०१०–२०११ मा सार्वजनिक गरिएको थियो । यो राइफलले १२०० मिटर सम्मको टारगेटलाई सुट गर्दा निस्कने प्रकाश र आवाजलाई निक्कै कम गर्दछ । २२ वर्ष पुरानो यम–२४ स्नाइपर राइफललाइ परिवर्तन गरि एक्सयम–२०१० अफगानिस्तानको अग्लो स्थान र लामो दुरिको लडाइको लागि यो राइफल बनाइएको थियो ।

     

    ७. एम क्यु ९ रिपर ड्रोन


    जेनेरल एटोमिक्स एरोनटिकल सिस्टमले बनाएको यो हतियार २००१ मा सार्वजनिक गरिएको थियो । यो हतियार ड्रोन ले ७००० पाउण्डको तौलको साथ टेक अफ गर्नसक्छ भने ८४ फिट फराकिलो पंखा भएको हुन्छ । यो ३६ घण्टासम्म लगातार ५२,००० फिट माथिसम्म उड्न सक्छ । यो ड्रोनले २ माइल टाढाबाट पनि गुडिरहेका गाडिका लाइसेन्स पेल्ट पनि पढ्न सक्छ ।

     

    ८. एए १२ एटचिसन एसल्ट सटगन


    म्याक्सवेल एटचिसनले बनाएको यो हतियार २००५मा सार्वजनिक गरिएको थियो । एउटामात्र हात प्रयोग गरेर प्रतिसेकेण्ड १२ गेज सेल फायर गर्न सक्ने एए यो १२ ले छरिएर बिस्फोट हुने फ्र्याग–१२ ग्रिनेडलाइ पनि १७५ मिटर सम्म उत्तिकै सटिकता साथ फाएर गर्नसक्छ ।यो गन कुनैपनि जाम बिना नै ९००० राउण्ड सम्म फायर गर्न सकिन्छ ।

     

    ९.एडिएपिटिआइभि ट्याकं


    बिएइ सिस्टमसले बनाएको यो गन २०१३ मा सार्वजनिक गरिएको थियो । यो गन स्वीडेनमा बनेको ट्याकंले इन्फ्रारेडको सहयोगले वरिपरिको वातावरण जस्तै हुन सक्ने गरी लुकीलुकी काम गर्छ ।

     

    १०. फेजर राइफल


    डिपार्टमेन्ट अफ डिफेन्स बानाएको यो गन २००७ मा सार्वजनिक गरिएको थियो । यो पर्सनल हाल्टिङ एण्ड सिमुलेसन रेस्पोन्स राइफलले लेजरको मद्धतले अगाडिको मानिसहरुलाइ केही समयका लागी अन्धो बनाउन सक्छ । त्यस्तै हरियो लेजर प्रयोग गरेर कति टाढा र कति समयसम्म अन्धो बनाउने पनि थाहा पाउन सकिन्छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast