होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    ब्राण्ड/संगठन

    मेघा अस्पतालमा विशेष बिरामीलाई ५० प्रतिशत छुट

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट

    शुक्रबार, २४ फागुन २०७५, आहाखबर

    ललितपुर, २४ फागुन

    ललितपुर महानगरपालिका, सानेपा वडा नं ३ धोबीघाटस्थित मेघा अस्पतालले नेपालभरका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, अनाथ, राष्ट्रिय खेलाडीलगायत मानसिक सन्तुलन गुमेका मानिसलाई उपचारमा ५० प्रतिशत छुट दिएको छ । 

    एक वर्षअघिदेखि अस्पतालले सेवाको भावना जनाउने उद्देश्यका साथ त्यस्ता नागरिकलाई उपचारमा ५० प्रतिशत छुट दिँदै आएको हो । अस्पतालले जुनसुकै रोगका बिरामीलाई १० शय्याको निःशुल्क उपचार सुविधा दिँदै आएको अस्पतालका अध्यक्ष किशोरजङ्ग राणाले जानकारी दिनुभयो । 

    “केही दिनअघि १७ जना अपाङ्गलाई सम्पूर्ण उपचार सुविधा दियौँ,” राणाले भन्नुभयो, “ १७ जना अपाङ्गमध्ये तीन जनालाई रु तीन लाख बराबरको खुट्टा हामीले सहयोग ग¥यौँ ।” एक वर्षको हाराहारीमा करीब १०० बिरामीले पूर्ण उपचार सुविधा पाएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालले औषधि खरीदमा पनि सबै नागरिकलाई १० प्रतिशत छुट दिएको छ ।
     
    ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त व्यक्तिले अस्पतालमा पत्र पेश गरेपछि ५० प्रतिशत छुट दिइने अस्पतालका मेडिकल प्रमुख डा शिवकुमार साहले जानकारी दिनुभयो । “हामीले यही फागुन १० गते २४ जना ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला र अनाथलाई उपचारमा सम्पूर्ण निःशुल्क सुविधा दियौँ,” शाहले भन्नुभयो, “आफन्तलगायत सन्तान नभएका जो कोही आमाबुबाले हामीलाई सम्पर्क गर्नुभयो भने उहाँहरुलाई अस्पतालले निःशुल्क सुविधा दिने निर्णय गरेको छ ।” 

    हालसम्म अस्पतालबाट तीन एकल महिलाले उपचारमा पूर्ण पाएका छन् । राष्ट्रियस्तरका खेलाडी भने कोही पनि उपचार सेवा लिन उपस्थित नभएको बताइएको छ । केही दिनअघि नुवाकोटकी ११६ वर्षीया बाटुली लामिछानेलाई अस्पतालले पूर्ण उपचार सुविधा दिने घोषणा गरेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जानकारी दिनुभयो । 

    “सुस्त श्रवण क्षमताका व्यक्तिलाई अस्पतालले पूर्ण रुपमा निःशुल्क कानमा एयरफोन हाल्ने तथा हात नभएका व्यक्तिलाई हात हालिदिने निर्णय गरेको छ,” कर्माचार्यले भन्नुभयो, “यस अस्पतालले हालसम्म आँखाको उपचार सेवा दिन भने सकेको छ्रैन ।” पाँच वर्ष पहिले स्थापना भएको अस्पतालले अर्बुदरोग उपचारको आरम्भ गर्ने पनि बताइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      मेघा अस्पतालमा विशेष बिरामीलाई ५० प्रतिशत छुट
      ‘सेज’मा श्रमिक सङ्गठनको प्रतिनिधि राख्न सहमति
      नेबिको प्रालिको नयाँ ब्रन्च बिस्कुट नेपाली बजारमा
      साङ्गयोङ्ग मोटर्सको शोरुम अब पोखरामा, बिभिन्न आकर्षक अफर !
      ​जनता बैंकको आयोजनामा दोरम्बामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर
      सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन बजारमा
      होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५ सयको रोजगारी जोखिममा
      रेमण्डको छैटौं शोरुम जावलाखेलमा शुभारम्भ (फोटोफिचर)
      सामसुङ्ग ग्यालेक्सी एम् १० नेपाली बजारमा, यस्ता छन् फिचर
      टाटा मोटर्सको बिराटनगरस्थित नयाँ शोरुमको उद्घाटन
      स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण, लाखौं लाभान्वित
      “उत्पादनको ‘ब्राण्डिङ’ गरेपछि बजारको दायरा पनि फराकिलो हुन्छ” (भिडियोसहित)
      मार्केटिङमा असफलतापछी टाटा नानो कारको उत्पादन बन्द गर्ने घोषणा
      पहिलो पटक ‘मिडिया–कम्युनिकेसन–एडभर्टाइजिङ्ग एक्स्पो २०१९’ को आयोजना हुँदै
      फ्रान्सद्वारा रेनल्ट र निशानलाई मर्ज गर्न जापानसँग प्रस्ताव, राष्ट्रपतिको इच्छा कति ? यस्तो भित्री कथा..
      जनता बैंकको नवौं साधारण सभा सम्पन्न, ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने निर्णय
      हुवावे कम्पनीद्वारा पोल्याण्डमा जासुसी आरोपमा समातिएका चिनियाँ कर्मचारीलाई वर्खास्त
      सार्क क्षेत्रका उत्कृष्ट महिला उद्यमीको खोजी, श्रीलंकामा आयोजना हुने प्रतिश्पर्धामा नेपालबाट पनि जाँदै
      नेपाल गुणस्तर विभाग : १६ उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान
      सामाजिक काममा सिभिल बैंकको साथ ! देशव्यापीरुपमै उत्तरदायित्वमा आधारित कार्यक्रम संचालन
      स्याङयोङ गाडीको नयाँ वर्ष अफर योजना सार्वजनिक, गाडी खरिदमा ४ लाख सम्म छुट
      वातावरणलाई किटाणु रहित र स्वस्थ बनाउने क्रेनका उत्पादनहरु नेपाली बजारमा ...
      नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा, शिखर इन्सुरेन्ससँग सम्झौता
      निर्जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्य सहित सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता
      विश्वबिख्यात ब्राण्ड बिएमडब्ल्यु अब नेपाली बजारमा, यस्तो छ बजार मूल्य ...
      नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सञ्चारमन्त्री बाँस्कोटाकाे घोषणा
      सेवासुविधा पुर्याउने उद्देश्यका साथ सहकारी संचालन, कर्जा लिई १ हजार बढी स्वरोजगार
      वीमा सेवालाई विस्तार गर्ने उद्देश्यसहित सिभिल बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता
      अमेरिकालाई चोरीको आरोप : चीनद्वारा आइफोन बिक्रीमा प्रतिबन्ध लगाउन अदालतको आदेश
      महानगर सहकारीले मनायो १८ औं वार्षिकोत्सव, थप प्रभावकारी सेवा दिने बाचा !!
      Weather Forecast