पानामाका पूर्व राष्ट्रपति रिकार्डोलाई २१ वर्ष जेल सजाय #आहा खबर# आईपीएल क्रिकटका खेल आजदेखि, सुरुमा चेन्नई र बैंगलोर भिड्दै #आहा खबर# गाउँका ५ सय घरमा पानीका धारा जडान, स्थानीय खुशी #आहा खबर# एसईई भोलिदेखि, छात्रा धेरै, घट्दै परीक्षाको हाउगुजी #आहा खबर# विज्ञ केन्द्रको स्पष्टीकरण - अहिलेसम्म चितवनमा बर्डफ्लु छैन ! #आहा खबर# विप्लव कम्युनिष्टका मध्यकमाण्ड इञ्चार्जसहित ९ पक्राउ #आहा खबर# “लगानी सम्मेलनका लागि साझा धारणा आवश्यक छ” #आहा खबर# भारतीय चुनावमा बिजेपी : मोदी फेरि वाराणसीबाटै, आडवाणी आउट #आहा खबर# कांग्रेस नेता कृष्ण सिटौला अस्वस्थ, आईसियूमा राखियो #आहा खबर# शत्प्रतिशत नतिजा : सेनाको महाविद्यालयबाट ७५ जना एमबिबिएस पास #आहा खबर# मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न ‘एक्सन रुम’ #आहा खबर# कोरियाली भाषा परीक्षाका लागि ५० हजारको आवेदन #आहा खबर# स्विटजरल्याण्डद्वारा १५ अर्ब सहयोगको घोषणा #आहा खबर# भन्सार अधिकृतमाथि १ करोड ८२ लाखको भ्रष्टाचार अभियोग #आहा खबर# ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ #आहा खबर#
    स्वाद/परिकार

    स्थानीय खानाका परिकारले होटल व्यवसाय फस्टाउँदो

    शुक्रबार, २४ फागुन २०७५, –हरिकुमार राई .

    गाईघाट, २४ फागुन 

    पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । 

    जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान शुरु गरेको हो । 

    जिल्लाको सदरमुकाम गाईघाट, कटारी तथा बेल्टार क्षेत्रका होटल व्यवसायीले यहाँका दलित, आदिवासी र जनजाति समुदायका विभिन्न खानाका परिकार उत्पादन गरी बिक्री गर्ने कार्य शुरु गरेको जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो । 

     “अहिले गाईघाट बजारका होटलमा स्थानीय थारू जातिको खानाको परिकार, बगिया तथा घुङ्गी, नेवार जातिको छोयला, कचिला, यामरी र मगर, दनुवार र राई जातिका ढिडो, दाल सिस्नु, सिन्की, गुन्द्रुकको परिकार उत्पादन तथा बिक्रीवितरण गरिरहेका छौं ।” 

    “स्थानीय खानाको परिकार उत्पादन र बिक्रीवितरण गर्न थालेपछि होटल व्यवसायसमेत फष्टाउन थालेको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अहिले गाईघाट बजारका होटलमा स्थानीय थारू जातिको खानाको परिकार, बगिया तथा घुङ्गी, नेवार जातिको छोयला, कचिला, यामरी र मगर, दनुवार र राई जातिका ढिडो, दाल सिस्नु, सिन्की, गुन्द्रुकको परिकार उत्पादन तथा बिक्रीवितरण गरिरहेका छौं ।” 

    यसैगरी क्षेत्री, ब्रह्माणका खानाको परिकार सेलरोटी, खिर, खिचडी, ढिडो, गुन्द्रुकजस्ता परिकार होटलमा उत्पादन र बिक्रीवितरण हुन थालेपछि अहिले जिल्लाभित्रका आगन्तुकबाट नै होटल भरिभराउ हुने गरेको स्थानीय मेलिना होटलका सञ्चालक गङ्गाबहादुर राई बताउनुहुन्छ । 

    सबैभन्दा बढी बिक्री हुने र अधिकाँशले मनपराउने खानाको परिकारमा मकैको ढिडो, दाल सिस्नो, गुन्द्रुक, सिन्की, मूलाको अचार, थारू जातिको घोगी बगिया, छोयला र कचिला रहेको होटल व्यवसायीले बताउँछन् । 

    ढिडो, गुन्द्रुक, सिस्नो र दाल, घोंगी खानका लागि टाढा–टाढाबाट यहाँ आगन्तुक आउने गरेको दिक्तेली होटलका सञ्चालिका सविता पराजुलीले बताउनुभयो । “हिजोआज गाईघाट बजारका होटलमा स्थानीय जातजातिको खानाको परिकारले बजार लिएको छ”, होटल व्यवसायी सङ्घ उदयपुरका सदस्य कमला श्रेष्ठले भन्नुभयो, “जिल्लावासी मात्रै होइन, अन्य जिल्लावासीले पनि यहाँका स्थानीय खानाका परिकार खान उल्लेखीय मात्रामा आउने गर्छन् । ” 

    सबैभन्दा बढी बिक्री हुने र अधिकाँशले मनपराउने खानाको परिकारमा मकैको ढिडो, दाल सिस्नो, गुन्द्रुक, सिन्की, मूलाको अचार, थारू जातिको घोगी बगिया, छोयला र कचिला रहेको होटल व्यवसायीले बताउँछन् । 

    कटारी, बेल्टार बजारका क्षेत्रमा समेत अहिले स्थानीय खानाका परिकार उत्पादन र बिक्री कार्य शुरु भएपछि स्थानीयवासीदेखि बाहिरबाट आउने आगन्तुकको सङ्ख्यामा समेत वृद्धि भएको होटल सञ्चालकहरु बताउँछन् । बेल्टार सगरमाथा होटलका सञ्चालक जीवन कार्कीका अनुसार अहिले घाेंगी, मकैको भात, ढिडो र सिस्नु खानेको भीड लाग्न थालेपछि यो व्यवसाय राम्रोसँग फस्टाउन थालेको छ । उहाँले भन्नुभयो, “अहिले स्थानीयवासी र बाहिरबाट आउने ग्राहक आगन्तुक पहिला होटलमा आएर ढिडो, सिस्नु, गुन्दुकजस्ता खानाको माग गर्ने गरेको छ भने बाहिरबाट फोनमा जानकारी लिएर समेत यस्ता खाना खान आउने ग्राहकको सङ्ख्या पनि उल्लेख्य छ ।”होटलमा आउने ग्राहकमध्ये ५० प्रतिशतले स्थानीय खानाको माग गर्ने गरेको होटल सञ्चालक बताउँछन् । 

    जिल्ला होटल व्यवसाय सङ्घ उदयपुरको अगुवाइमा जिल्लाको स्थानीय खानाको पहिचान गराउने र आन्तरिक पर्यटकको विकासमा वृद्धि गर्न खानाको परिकारको उत्पादन र बिक्री गर्ने कार्य अगाडि बढेसँगै होटलमा स्थानीय खानाको बिक्रीमा वृद्धि भएको होटल सञ्चालकहरु बताउँछन् । 

    बेल्टारको पुुमा होटलका सञ्चालिका जयन्ती राईका अनुसार अहिले आफ्नो होटेलमा ५० प्रतिशत स्थानीय खानाको परिकार बिक्री हुने गरेको बताउनुभयो । राईले भन्नुभयो, “हप्तामा १०० को सङ्ख्याभन्दा बढी होटलमा आउने ग्राहक ढिडो, सिस्नु र दाल, गुन्द्रुक र घोंगीको माग गर्ने गरेका छन्, अहिले हप्तामा पचासौँ हजारसम्मको यस्ता स्थानीय खाना बिक्री हुने गरेको छ ।” 

    जिल्लाभित्रका जातजाति आबद्ध स्थानीय खानाको परिकारको परिचय गराउनाले जिल्लाको पहिचानका साथै आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास होटल व्यवसायीको छ । 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      मिठो र स्वादिलो आलु चप यसरी बनाउनुहोस (भिडियोसहित)
      स्वादिलो च्याउको परिकार बनाउने तरिका !
      यसरी पकाउनुहोस खसीको मासुका परिकार ?
      आयको ५४ प्रतिशत रकम खाद्य पदार्थको जोहोमा खर्च
      मासको दाल स्वादिष्ट बनाउनको लागि हाल्नुहोस् यी कुराहरु :
      पर्यटकीय नगरी सौराहामा फुड फेष्टिवल शुरु
      औंला चाट्न बाध्य बनाउने नेवारी परिकारहरुप्रति आकर्षण बढ्दै ...
      अधिकांशको रोजाइमा च्याउका परिकार, स्वास्थ्यका लागि कति फाइदाजनक ?
      स्वाद र स्वास्थ्यलाई ध्यानमा राख्दै घरमै परौठा बनाउने सजिलो तरिका (विधि सहित)
      माघेसङ्क्रान्ति पर्वको चहलपहल बढ्दै, यसरी घरमै बनाउनुहोस् चाकु !
      चिया एक : स्वाद अनेक, इलाममा २५ प्रकारको प्रशोधन, मुल्य प्रतिकिलो ३५ हजारसम्म !!
      बुद्धजन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव हुँदै ...
      माछा परिकार : यसरी बनाउनुहोस् ‘फ्राइड फिस वीथ स्पीनाच’, खानै पर्ने ६ कारण
      धुलो धुवाँ बाट बच्न यसरी घरमै बनाउनुस् मुखै रसाउने पानीपुरी !
      ढोरपाटनमा विश्वका साहसिक सिकारीले गरे १० नाउर र ६ झारलको सिकार, १ करोड ८५ लाख राजश्व सङ्कलन
      स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै बागलुङ नगरपालिकामा पानीपुरी र चटपट निषेध
      च्याउको अचार मन पर्छ ? यसरी बनाउनुहोस् च्याउको स्वादिलो चट्नी (विधि सहित)
      साकिनी कुखुराका परिकार बिक्रीबाट थारु र बोटे समुदायको जीवनस्तरमा सुधार
      तिहार विशेष परिकार : घरमै सजिलैसंग अनारसा बनाउने तरिका
      ‘असला माछा’को स्वादका लागि परिचित मोदी खोलामा हराउंदै माछा, यस्तो छ कारण
      दरमखोलाको असला माछा विदेशमा कोशेली, स्वाद र बनावट दुवै कारणले उत्कृष्ट
      दशैं विशेष : घरैमा बनाउनुहोस् स्वस्थ र स्वादिलो मासुको यस्ता परिकार (विधिसहित)
      पर्यटक लोभ्याउन अर्गानिक खाना, स्वाद चाख्नकै लागि होमस्टेमा बस्नेको लहर
      रेष्टुरेन्टमा निकै प्रचलित गोलभेडा र पनिरको अचार घरमै यसरी बनाउनुहोस् ...
      हत्या, हिंसा निषेध गरिएको यस गाउँ जहाँको भान्सामा लसुन र प्याससमेत प्रयोग हुँदैन
      खानासम्बन्धी प्रदर्शनी आगामी असोज १३ देखि १५ गतेसम्म भृकुटीमण्डपमा हुँदै
      तीज विशेष: काँक्रो, आलु र केराउको मिक्स अचार बनाउने तरिका
      मुखै रसाउने पिरो छोयला घरैमा यसरी बनाउने ... (विधिसहित)
      मासुका परिकार ! पोलेको कुखुरा, मंगोलियन चिकेन, स्टिम ट्राउट [नेपाली स्वादमा]
      घरमै आलु र भेडेखुर्सानीको स्वादिष्ट परिकार कसरी बनाउने ? यस्तो छ तरिका ...
      Weather Forecast