३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    प्रेरक प्रसँग

    ‘गरीबसँग विश्वेश्वर’ : एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

    शुक्रबार, २४ फागुन २०७५, आहाखबर

    बनियानी, २४ फागुन ।

    बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्षअघिको हो । अहिले उहाँको दैनिक सहज बन्दै गएको छ । “गरीबसँग विश्वेश्वर’ कार्यक्रमबाट प्राप्त भएको एउटा सुँगुरको पाठी र रु पाँच हजार बीउ पूँजी उहाँको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अहिले उहाँको जीवनस्तर क्रमशः फेरिँदै गएको छ । 

    उहाँजस्तै हल्दिबारी–५ की ६२ वर्षीया विष्णुमाया तामाङलाई पनि यो कार्यक्रम वरदानजस्तै बनेको छ । कार्यक्रममार्फत बाख्राको पाठी र बीउ पूँजी त उहाँले पाउनुभयो र आयआर्जनका लागि तालीम र बचत गर्ने बानीको विकास पनि गरायो । झापामा पहिलोपटक विसं २०५७ मा कार्यक्रम लागू भएदेखि यो कार्यक्रमसँग जोडिनुभएकी उहाँ भन्नुहुन्छ, “हामीलाई जीवन जिउने आधार पाएका छौँ, बचत गर्ने बानीको पनि विकास भएको छ ।” 

    उहाँहरुजस्तै झापामा करीब तीन हजार गरीब घरपरिवार यो कार्यक्रममार्फत लाभान्वित भएका गरीबसँग विश्वेश्वर कार्यक्रमका झापा संयोजक प्रकाश उप्रेतीले जानकारी दिनुभयो । झापामा चालू आर्थिक वर्ष २०७५÷७६ मा यो कार्यक्रमका लागि रु २४ लाख बजेट आएको उहाँले बताउनुभयो । जिल्ला तत्कालीन १२ वटा गाविसमा यो कार्यक्रम लागू छ । 

    झापाको ज्यामिरगढी, शान्तिगनर, गरामनी, दुवागढी, जलथल, बालुबाडी, सतासी, चकचकी, चारपाने, गौरादह, पाँचगाछी र जुरोपानीमा गरीबसँग विश्वेश्वर कार्यक्रम सञ्चालित छ । 
    कार्यक्रमअन्तर्गत १२ स्थानमा १२ जना सामाजिक परिचालकसमेत खटिएका छन् । जलथलकी सामाजिक परिचालिका मीना उप्रेतीले २६७ महिला र तीन पुरुष गरी जलथलमा २७० जना गरीब परिवार लाभान्वित भएको बताउनुभयो । 

    “गरीबीको रेखामुनि रहेका जनताका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ”, उहाँले भन्नुभयो, “कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न सहयोग मिलेको छ ।” कार्यक्रम राम्रो भए पनि न्यून बजेटका कारण केही असहजता सिर्जना हुने गरेको उहाँले बताउनुभयो । 

    कार्यक्रमअन्तर्गत लक्षित वर्गका घरपरिवारलाई बाख्रा–सुँगुरको पाठापाठी, आयआर्जन तालीम, बचत गर्ने बानीको विकास, पाँच प्रतिशत ब्याजमा बीउ पूँजी उपलब्ध गराइने गरेको कार्यक्रम संयोजक उप्रेतीले बताउनुभयो । बीउ पूँजी तिरेपछि ब्याजसमेत फिर्ता हुने गरेको उहाँले जानकारी दिनुभयो । 

    कार्यक्रमअन्तर्गतको बीउ पूँजीबापतको करीब रु २० लाख उठ्न बाँकी छ भने जिल्ला समन्वय समितिको खाता रोक्का भएपछि रु सात लाख रोकिएको छ । हल्दिबारी गाउँपालिका– ५ का वडाध्यक्ष होम चुडालले आगामी आर्थिक वर्षदेखि गरीबसँग विश्वेश्वर कार्यक्रमका लागि केही बजेट छुट्याइने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast