३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    अध्यात्म चर्चा

    नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

    बिहिवार, २३ फागुन २०७५, आहाखबर

    भद्रपुर, २३ फागुन 

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । 

    नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा विहिबार शुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा उहाँले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताउनुभयो । 

    झापाको मेचीनगरमा शुरु भएको नेपाल मानव धर्म सेवा समितिको दुई दिवसीय विराट सत्संग समारोहको बिहीवार उद्घाटन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र मानव धर्मका प्रणेता सद्गुरु सतपाल महाराज । तस्वीर : चन्द्रकला भण्डारी, झापा

    भारत उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराजले आर्शिवाद दिँदै नेपाल धर्म र ज्ञानको भण्डार भएको हुँदा विश्वभरिको ध्यान नेपालतिर आकर्षित भएको बताउनुभयो । उहाँले धर्मका नाममा जातीय विभेद अस्वीकार्य हुने र सबै मानव समान भएको धारणा व्यक्त गर्नुभयो ।

    उहाँले महाकाली नदीमा पञ्चेश्वर परियोजना बनेपछि नेपालको झुपडी झुपडीको अन्धकार हट्ने र अयोध्यादेखि जनकपुर जोड्ने रेलमार्ग बनेपछि धार्मिक एवम् पर्यटकीय सम्बन्धले फड्को मार्ने बताउनुभयो । 

    मेचीनगर नगरपालिका–८ धुलावारीस्थित श्रद्धेय आश्रममा शुक्रबारसम्म सञ्चालन हुने सत्सङ कार्यक्रममा नेपाल, भारत र भूटानका करीब एक लाख भक्तजन सहभागी रहेको आयोजक समितिका सहसंयोजक सागर कटुवालले जानकारी दिनुभयो । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast