होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा #आहा खबर# प्रधानमन्त्री ओली चलचित्र ‘क्याप्टेन’हेर्न सिटी सेन्टरमा #आहा खबर# विप्लव नेकपाका ४ नेता र अन्य ८४ जना बिभिन्न ठाउँबाट पक्राउ #आहा खबर# शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि सुरु #आहा खबर# कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क #आहा खबर# प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान #आहा खबर# सन्दीप लामिछाने : आइपिएल खेल्न जेट चढेर भारततर्फ... #आहा खबर# नेपाल साफ महिला फुटबलको फाइनलमा, श्रीलङ्का ४–० पराजित #आहा खबर# शेयर बजारमा उत्साह, बुटवलका लगानीकर्ता थप अग्रसर #आहा खबर# होलीको उमङ्ग जारी, उच्छृङ्खलता प्रदर्शन नगर्न अनुरोध, ठाउँठाउँमा ‘चेक प्वाइन्ट’ [ २८ फोटो] #आहा खबर# विश्व मनोरञ्जन क्षेत्रमा हलचल ! डिज्ने र फक्सबीच ७१ अर्ब डलरको अन्तिम सम्झौता #आहा खबर# टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक #आहा खबर# राष्ट्रपतिद्वारा होलीको शुभकामना, सभ्य र भब्य बनाउन कामना #आहा खबर# दूधकोशीको रभुँवाघाटबाट ६ सय ३५ मेगावाटको विद्युत् उत्पादन गरिने #आहा खबर# फागुपूर्णिमा पर्व : हिमाल र पहाडमा हर्षोल्लाससाथ मनाइँदै #आहा खबर#
    खेल संसार

    २०७५ साल खेलमा सुधार भएको वर्ष, पूर्वाधार निर्माण अबको प्राथमिकता

    बिहिवार, २३ फागुन २०७५, कुमार चौलागाईं-मुना कार्की . 2.53K
    काठमाडौँ, २३ फागुन
     
    वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन् । राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ । उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ । त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ । खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको एक उल्लेख्य उपलब्धि हो । 
     
    एक वर्षको अवधिमा खेल क्षेत्रले केही ऐतिहासिक सफलता हासिल गरे तर, पूर्वाधार निर्माण भने सरकारले सोचेअनुसार अघि बढ्न सकेन । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्षसम्म पनि फुकुवाका लागि सन्तोषजनक पहल हुन सकेन । तथापि विगत आठ वर्षदेखिको केही खेल सङ्घका विवाद समाधान र नीतिगत सुधारका पक्षमा युवा तथा खेलकूद मन्त्रालयले प्रगति हासिल गरेको छ । 
     
    सरकारले राष्ट्रको गौरवको रुपमा रहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष गरिसक्नुपर्ने थियो तर, गर्न सकेन । 
     
    गत मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण अहिलेसम्म मितिसमेत घोषणा हुन सकेको छैन । त्यसैगरी, यही फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने स्थिति देखापरेको छ । 
     
    पूर्वाधार अभावमा प्रतियोगिता समयमै गर्न नसके पनि सरकारले छ महिना पछि गर्ने कटिबद्धतासहित दक्षिण एशियाली ओलम्पिक कमिटीलाई मिति पर सार्न पत्राचार गरिसकेको छ । 
     
    साग सार्ने प्रस्ताव मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “भौतिक पूर्वाधार निर्माणको दिशामा यो वर्ष पर्याप्त काम हुन सकेन । त्यसकारण दुबै ठूला खेल सार्ने निर्णय गरिएको हो ।” 
     
    सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूद र १३ आँै सागका लागि भौतिक पूर्वाधार निर्माण गर्न यस वर्ष रु ३३ करोड बजेट निकासा भइसकेको छ । प्रतियोगिता आयोजना गर्न रु ३५ करोड आवश्यक पर्नेमा रु १७ पनि करोड निकासा भइसकेको छ । पूर्वाधार नबनेरै प्रतियोगिता गर्न नसकिएको उहाँको स्वीकारोक्ति छ । झण्झटिलो टेन्डर प्रक्रियालगायतका कारण पूर्वाधार निर्माणले गति लिन नसेकेको उहाँ बताउनुहुन्छ । 
     
    खेल सङ्घको विवाद अन्त्य 
     
    एक वर्षको अवधिमा मन्त्रालय विभिन्न खेल सङ्घहरूको विवाद अन्त्य गर्न सफल भएको छ । खेल सङ्घमा रहेको विवाद समाधान गर्न युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनाएरै काम थाल्नुभएको थियो । 
     
    समिति गठन भएको तीन महिनाको अवधिमा समितिले तीनवटा खेल सङ्घको विवाद समाधान गर्न सक्यो । विवाद रहेका अन्य सङ्घहरूसँग छलफल भइरहेको छ । 
     
    आठ वर्षदेखि फरक फरक अस्तित्वमा रहेका दुई वटा नेपाल कराँते महासङ्घको विवाद अन्त्य भएको छ । सहमतिअनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेशसहित शम्भू आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ । 
     
    तीन साताअघि मात्र समितिले मोडर्न पेन्टाथलन सङ्घको विवाद समाधान गरेको थियो । समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक सङ्घको विवाद समाधान गरी तदर्थ समिति बनायो । सङ्घहरूको विवादका कारण महत्वपूर्ण खेल गतिविधि अघि बढ्न सकेका छैनन् । उस्सु र तेक्वान्दो जस्ता ठूला खेलहरुमा विद्यमान विवाद पनि केही दिनभित्रै समाधान हुनेमा समितिका संयोजक तिम्सिना आशावादी हुनुहुन्छ । 
     
    समितिले ती सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र समाधान निस्कने समितिका अर्का सदस्य युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “उहाँहरूसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफलमा बस्छौँ र विवाद समाधान गछौँ,” उहाँले भन्नुभयो । 
     
    मन्त्रालयले तिम्सिनाको संयोजकत्वमा सहसचिव न्यौपाने र राखेप खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समितिको गठन गत मङ्सिरमा गरेको थियो । 
     
    मूलपानी विवाद समाप्त 
     
    लामो समयदेखि जग्गा विवादका कारण निर्माण सम्पन्न हुन नसकेको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विवाद अन्त्य भएको छ । 
     
    मैदानको पश्चिमपट्टि रहेको १० स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि नै मुआब्जा विवाद रहँदै आएको थियो । मन्त्रिपरिषद्को गएको साउन २९ गते बसेको बैठकले उक्त विवाद सल्टाउने निर्णय गरेपछि मैदान निर्माणको कामले गति लिएको छ । 
     
    मन्त्री विश्वकर्माको पहलमा मन्त्रिपरिषद्को बैठकले उक्त ४७ आना जग्गाको सट्टा स्थानीयवासीलाई सोही स्थान नजीकै जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको हो । विश्वकर्मा खेलकूदमन्त्री भएलगत्तै गत चैत १२ गते मूलपानी मैदानको भ्रमण गरी जग्गा विवाद तत्काल समाधान गर्ने आश्वासन दिनुभएको थियो र त्यसको झण्डै छ महिनापछि विवाद सल्टियो । 
     
    खेलाडीको सफल वर्ष 
     
    गत वर्षको चैतमा नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाउन सक्यो । प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा मुलुकलाई रजत पदक दिलायो । शारीरिक सुगठनमा महेश्वर मास्के विश्वस्तरको पदक जित्न सफल हुनुभयो । क्रिकेटर सन्दीप लामिछाने एकपछि अर्को सफलता हात पारेर कीर्तिमान बनाउन सफल हुनुभयो । 
     
    पूर्वाधार निर्माण निराशाजनक 
     
    देशकै एकमात्र अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा रहेको दशरथ रङ्गशालामा खेल गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ मा नेपालले १३ औँ साग आयोजना गर्ने जिम्मा लिएको थियो । त्यसअनुरुप दशरथ रङ्गशालाको पुनःनिर्माण भने सन्तोषजनक ढङ्गले अघि बढिरहेको छैन । 
     
    नेपाली फुटबलको इतिहास बोकेको यो रङ्गशाला २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भयो । अहिले ७० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ । चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लड लाइट र स्कोर बोर्डको काम शुरु हुनै बाँकी छ । स्कोर बोर्ड निर्माणको काम भने शुरु भएको छ । 
     
    अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि नै शुरु गरिएको भए पनि गत जेठदेखि मात्रै कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद आयोजनाका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित काम शुरु गरिएको थियो । 
     
    सदस्य सचिव विष्टले आमामी असार मसान्तसम्ममा पुनःनिर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुहुन्छ । रङ्गशालामा भव्य कार्यक्रम गरेर राखेपबाट बिदा हुने सोचमा उहाँ हुनुहुन्छ । 
     
    भिआइपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको कामको जिम्मा पिएल प्रतिष्ठा किराँतेश्वर जेभीले लिएको छ । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनीयर अरुण उपाध्यायका अनुसार अहिले १०० देखि १५० मजदूरले दैनिक काम गरिरहेका छन् । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      चितवनमा रङ्गशाला - सहयोग जुटाउन मातृभूमि कप क्रिकेट प्रतियोगिता
      परिवारसँगको बसाईपछि बुधबार आईपिएल खेल्न इन्डिया जाँदै सन्दीप
      युएईमा जारी स्पेसल ओलम्पिकमा अजयलाई स्वर्ण पदक
      महिला टी–ट्वान्टी क्रिकेट लिग - विजेतालाई १० लाख
      महिला टी–२० क्रिकेट लिगका टोली घोषणा
      रसिदले पाँच विकेट लिएपछि टेस्टमा अफगानिस्तानले रच्यो इतिहास
      एक दिवसीय क्रिकेट वरियतामा नेपाल यथावत्, शीर्ष स्थानमा इङ्गल्याण्ड !
      खेलकूद मन्त्रालयको १ वर्षे उपलब्धि : विभिन्न क्षेत्रमा उल्लेख्य सुधार
      एथ्लेटिक्स च्याम्पियनसिपमा यादवलाई स्वर्ण पदक
      साफ महिला : २ खेल जित्दै भारत समूह 'बी' को विजेता
      आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट [नामसहित]
      पाँचौँ साफ महिला फुटबल : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजयी
      साफ महिला फुटबल : समूह विजेताको लागि नेपालले बंगलादेशसँग खेल्दै
      साफ महिला फुटबल : श्रीलङ्का विजयी, माल्दिभ्स २–० ले निराश
      एफसी यू–२३ च्याम्पियनसिपका लागि खेलाडी छनोट [नामसहित]
      महिला साफ : माल्दिभ्स–श्रीलंका सेमिफाइनलको लडाईमा
      नेपाल महिला साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा
      क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमार
      साफ महिला च्याम्पियनसिप : बंगलादेश र भुटान भिड्दै
      शाल्केविरूद्ध म्यानचेस्टर सिटीबाट गोलको वर्षा
      पिएसएलमा धमाकेदार प्रदर्शनपछी सन्दीप स्वदेश फर्कँदै
      महिला साफ च्याम्पियनसिप - भुटानविरुद्ध सजिलो जितको अपेक्षा
      झापा गोल्डकपको उपाधि आर्मीलाई, आयोजक ५—३ गोलअन्तरले स्तब्ध
      रियल मड्रिडमा जोसे मोरिन्हो आउने खबरले खेलाडीहरु दुखित
      पोखरा रंगशालाको फुटबल स्टेडियम शिलान्यास
      पाँचौँ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा
      विश्वकप फुटसल : नेपालको शुरुआती प्रतिद्वन्द्वी क्यानडा
      अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडीलाई
      नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेलमा फिफाले अनुमति नदिएपछि...
      छोरी भएर पनि क्रिकेट खेल्ने ? भन्छन् : कप्तान रुबिना
      Weather Forecast