३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    अध्यात्म चर्चा

    गायत्री महायज्ञ सम्पन्न, ६० हजार श्रद्धालु भक्तजनद्वारा हबन

    बुधबार, २२ फागुन २०७५, आहाखबर

    वीरगञ्ज, २२ फागुन

    वीरगञ्जस्थित आर्दशनगर रङ्गशालामा सञ्चालित ‘अश्वमेघ गायत्री महायज्ञ’ आज विधिवत्रुपमा सम्पन्न भयो । 

    चार दिने सो महायज्ञमा ६० हजार श्रद्धालु भक्तजनले हबन गरेका थिए । महायज्ञमा २५१ यज्ञशाला निर्माण गरी भव्यरुपमा गायत्री पूजा गरेका थिए । अखिल विश्व गायत्री परिवारको तत्वाधानमा शुरु भएको सो महायज्ञमा भारतको शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकले वैदिक मन्त्रका साथ हबन यज्ञादी गरेका थिए । 

    महायज्ञमा दैनिकरुपमा हबनयज्ञ, गोष्ठी, रथपरिक्रमा, दीपयज्ञ लगायतका धार्मिक अनुष्ठान भएको थियो । अश्वमेघ गायत्री महायज्ञले मधेसी पहाडी दलित गैरदलित महिला पुरुषबीचमा विभेद्लाई अन्त्य गरेपछि सो महायज्ञमा पूजाअर्चना गर्न दलित समुदायका मानिसको उल्लेखनीय सहभागिता रहेको थियो । 

    नेपाल लगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाण, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरातलगायत विदेश गरी ४० मुलुकका करीब तीन लाख श्रदालु आएको आयोजक समितिको दाबी छ । 

    महायज्ञ समापन अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्व भौतिकवादमा डुबेको बेला अध्यात्मिक ज्ञान प्राप्त हुने यो ठूलो महायज्ञले विश्वमा अमनचयन र शान्ति ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले आजको विश्वमा एक देशले अर्को देशलाई, एक सम्प्रदायले अर्को सम्प्रदायलाई समाप्तपारी आफ्नो वर्चश्व कायम गर्न खोजेको यो परिवेशमा धर्म र संस्कृतिको माध्यमबाट अपनत्व खोज्नु उत्तम उपाय भएको बताउनुभयो । 

    महायज्ञ मूलसमारोह समितिका संयोजक डा उपेन्द्र महतोले सुख, शान्ति र समृद्धिका लागि महायज्ञ सफल भएको बताउनुभयो । 

    महायज्ञ आयोजक समितिका संयोजक तथा वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast