३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com
    आर्थिक खबर

    जापान र नेपालबीच श्रम सम्झौताको अन्तिम तयारी, विभिन्न १४ क्षेत्र छनोट

    मंगलवार, २१ फागुन २०७५, आहाखबर

    काठमाडौं, फाल्गुन । 

    जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । 

    जापानमा रोजगारीका लागि नेपाली श्रमिक आगामी अप्रिल भित्रै पठाउने गरी तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नेपाली श्रमिक सकेसम्म सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको हो । 

    नेपाली श्रमिकहरु जापानमा नयाँ सम्झौता अनुसार पठाउनका लागि सरकारले पहल गरिरहेको छ । नेपाली श्रमिक सम्झौता अनुरुप नै लैजानका लागि जापान सरकार समेत सकारात्मक देखिएको छ । 

    जापान सरकार र नेपाल सरकारबीच अनौपचारिक रुपमा यसबारे छलफल भइरहेता पनि औपचारिक रुपमा नेपाल र जापान सरकारबीच श्रम सम्झौता भने यही मार्चको दोस्रो हप्ता भित्र हुनसक्ने गरी तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको हो । 

    खाडी लगायतका विभिन्न मुलुकहरुमा रोजगारीका लागि जाने  अत्याधिक संख्यामा नेपाली श्रमिक थोरै पैसामा अमूल्य श्रम र समय चुकाउन बाध्य भएसँगै सरकारले नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुकको खोजी गरिरहेको थियो । 

    जापान सरकारले नेपाली श्रमिकहरु लैजान निकै अगाडिदेखि नेपाल सरकारसँग कुराहरु राखेको भएपनि सरकारले खासै चासो देखाएको थिएन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक नयाँ श्रम सम्झौता अनुरुप शून्य लागतमा पठाउन पहल गरिरहेका छन् । 

    श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाली श्रमिकहरुको हक हितलाई ध्यानमा राखेर जापान रोजगारीका लागि श्रम सम्झौता गर्न सरकारले पहल गरिरहेको बताए। 

    जापान रोजगारीका लागि श्रम तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि र जापानका प्राविधिक टोलीबीच पटक–पटकको औपचारिक तथा अनौपचारिक छलफल पछि श्रम सम्झौताको अन्तिम चरणमा पुगेको जनाइएको छ । 

    सकेसम्म नेपाली श्रमिकहरुलाई सरकारी संयन्त्रमार्फत नै शून्य लागतमा लैजान पहल गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसबारे तत्काल ठोस् निर्णय गरेर निश्कर्षमा भने सरकार पुग्न सकेको छैन । 


    विभिन्न क्षेत्रमा नेपाली श्रमिक लैजाने

    जापानले यसअघि विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदार लिने उल्लेख गरेको थियो । जसमा नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमुलक उद्योग, होटल, व्यबसाय, कृषि, माछापालन, खाद्य लगायत क्षेत्रहरु रहेका छन् । अदक्ष, वा अर्धदक्ष श्रमिकहरु भन्दा दक्ष श्रमिकहरुलाई प्राथमिकतामा राखेर रोजगारीमा पठाउन सक्ने सम्भावना रहेको विभिन्न अधिकारीले जनाएका छन् ।

    यसबेला जापानसँग श्रम सम्झौताको कुरा चलेसँगै रोजगारीका लागि जापान जाने क्रममा धेरै नेपाली युवाहरु जापानिज भाषा अध्ययनका लागि इन्स्टिच्यूट धाउन थालेका छन् । जापान रोजगारी नेपाली युवाहरुका लागि आर्कषक रोजगारीको गन्तव्य मुलुक बनेको छ । विद्यार्थी भिसामा र कामदार भिसामा जाने नेपालीहरुले मासिक ३ देखि ४ लाख कमाइ गर्दै आएका छन् ।

    जापान सरकारले आप्रवासी कामदारका लागि नयाँ नीति ल्याएसँगै नेपालबाट पनि वार्षिक ४० हजार कामदार पठाउने गरी जापान सरकारसँग सम्झौता गर्ने बताउँदै आएको छ । 

     

    अनावश्यक हल्ला मात्रै !

    जापान रोजगारीका लागि नेपाली श्रमिकहरु म्यानपारमार्फत लैजाने भन्दै यसअघि वैदेशिक रोजगार व्यबसायी संघले सूचना जारी गरेको थियो । त्यो सूचना सत्य नभएर हल्ला मात्रै भएको मन्त्रालयले जानकारी दिएको छ ।

    नेपाली श्रमिकहरु सकेसम्म सरकारी संयन्त्रमार्फत नै लैजाने तयारी भइरहेको तर खास टुंगो भने लाग्न नसकेको सहसचिव रामप्रसाद घिमिरेले बताएका छन् । जापान रोजगारीमा जाँदा सकेसम्म नेपाली श्रमिकहरुलाई कुनैपनि भार नपर्ने गरी पठाउन पहल गरिने मन्त्रालयले जानकारी दिएको छ । 

    विदेशी कामदार लैजाने नीति पारित गरेसँगै जापानले नेपालसहित नौवटै देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ। जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast